― Advertisement ―

TerraMaster F4-425 NAS 120TB भण्डारण ठाउँको मूल्य कटौती हुन्छ

तपाईंको आफ्नै केन्द्रीकृत भण्डारण निर्माण गर्नुको अर्थ NAS मा नै भाग्य खर्च गर्नु हुँदैन। हामीले टेरामास्टर NAS यन्त्रहरूको दायरा परीक्षण गरेका छौं जसले हामीलाई...
HomeLatest newsयुवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला

युवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला



१६ कात्तिक, काठमाडौं । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् ।

नियमित महाधिवेशनको माग राखेर उनीहरूले पार्टी कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेका छन् ।

पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका छन् ।

२८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठक पटक-पटक स्थगित हुँदै आएको छ ।

शुक्रबारका लागि बैठक डाकिएको थियो । तर बस्दै नबसी बैठक आजका लागि सारिएको थियो । तर आजको बैठक पनि नबसी मंगलबारका लागि सारिएको छ ।

केन्द्रीय समितिको बैठक फेरि स्थगित गरिएपछि कार्यालयमा ताला लगाउनु परेको विरोधमा सहभागी विद्यार्थी नेता भुवन भट्टले जानकारी गराए । 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More