― Advertisement ―

Kingdom Hearts Integrum Masterpiece Collection मा Disney X Square Enix RPG जादू को कम्तिमा 200 घण्टा छ — र यो अब $ 30 /...

म प्राय: खेलको समयको प्रति घण्टा डलर वा पाउन्डको सन्दर्भमा खेलहरूको बारेमा कुरा गर्न मन पराउँदैन, तर जब त्यहाँ पैसाको लागि यस्तो उत्कृष्ट मूल्य...
HomeLatest newsयी हुन् हर्क साम्पाङ नेतृत्वका ११० समानुपातिक उम्मेदवार

यी हुन् हर्क साम्पाङ नेतृत्वका ११० समानुपातिक उम्मेदवार



४ माघ, काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाको समानुपातिक तर्फको ११० सिटमै उम्मेदवारी दिएको छ ।

निर्वाचन आयोगको विवरण अनुसार आदिवासी जनजातितर्फ पहिलो नम्बरमा शन्ति लक्ष्मी कक्षपतीको नाम छ । यही कलस्टरमा दोस्रो नम्बरमा अनु डंगोलको नाम छ ।

खसआर्य महिलामा संगिता सिलवाल, मुस्लिम महिलामा बेनजिरा खातुन, दलित महिलामा संगिता नेपाली, थारु महिलामा निराशा कुमारी चौधरी, थारु पुरुषमा अमलेश राना रहेका छन् ।

मधेशी पुरुषमा श्यामानन्द यादव, आदिवासी जनजाति पुरुषमा श्याम बहादुर भुजेल रहेका छन् ।

दलहरूले गत पुस १३ र १४ गते समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएका थिए । उक्त सूची आज सार्वजनिक भएको छ ।  निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ १० गतेसम्म निवेदन दिन सक्नेछन् ।

निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दावी विरोध गर्नुपर्ने हुन्छ ।

प्रत्यक्ष तर्फको मनोनयन भने आगामी मंगलबार हुँदैछ ।

प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् ।

हेर्नुहोस् श्रम संस्कृति पार्टीको समानुपाति सूची 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More