― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsयी हुन् वार्तामा नमिलेका विषय – KhabarHost

यी हुन् वार्तामा नमिलेका विषय – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच पार्टीले विशेष महाधिवेशनको स्वामित्व लिने विषयमा सहमति जुट्न लागेको छ।
  • सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने विषयमा सहमति जुट्न सकेको छैन।
  • आसन्न प्रतिनिधिसभा निर्वाचनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर आवश्यक विषय टुंगिन बाँकी छ।

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही विषय सहमतिउन्मुख भए पनि केही विषय भने पेचिलो बनेको छ ।

आझ भएको त्रिपक्षीय वार्तामा विशेष महाधिवेशनलाई पार्टीले नै स्वामित्व लिने विषयमा संस्थापन समूह पनि लचक देखिएको छ ।

तर सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

त्यस्तै आसन्न प्रतिनिधिसभा निर्वाचनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर गर्नुपर्ने विषय पनि टुंगिन बाँकी छ ।

विशेष महाधिवेशन पक्षबाट वार्तामा सहभागी भएका प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरुराज घिमिरेले राखेको यो प्रस्तावबारे संस्थापन समूहबाट वार्तामा रहेका बालकृष्ण खाण र रमेश लेखकले निर्णय सुनाउन सकेनन् ।

विशेष पक्षले निर्वाचन केन्द्रीत अभियान सुरु गर्न कार्यबाहक सभापतिको संयोजकत्वमा समिति बनाउन पनि प्रस्ताव गरेको छ ।

सबै कुरामा सहमति जुटेको खण्डमा कार्यबाहक सभापति खड्का विशेष महाधिवेशन स्थलमा आएर सहमतिलाई हलबाट घोषणा गर्नुपर्ने विशेष पक्षको अर्को प्रस्ताव छ ।

त्यसपछि लेखक र खाणले यसबारे सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराएर मात्रै निर्णय सुनाउन सक्ने बताएका थिए ।

लेखक र खाण अहिले देउवा निवास महाराजगञ्ज पुगेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More