― Advertisement ―

कसरी भौतिक एआई प्रभावकारी रूपमा तैनात गर्ने

आजको धेरै जसो उद्यम AI अझै पनि क्लाउड डाटासेन्टरको सीमा भित्र काम गर्दछ।यसले विश्लेषण वा निजीकरण जस्ता डिजिटल कार्यहरू राम्ररी ह्यान्डल गर्छ, तर टेल...
HomeLatest newsयसपटक बालेन, अर्को पटक रवि ! – KhabarHost

यसपटक बालेन, अर्को पटक रवि ! – KhabarHost



८ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साह आगामी राजनीतिक यात्रा सँगै गर्ने समझदारी नजिक पुगेका छन् । यस यात्राको क्रममा यसपटकको चुनावमा बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउन रवि सकारात्मक बनेको स्रोत बताउँछ । समझदारी अनुसार दुई नेता अघि बढेमा अर्को चुनावमा भने बालेनले रविलाई सघाउने छन् ।

गएराति रास्वपा केन्द्रीय सदस्य असिम साहको म्युजिक कम्पनीको कार्यालय रहेको भवनमा बालेन र रवि लामिछानेबीच करिब ७ घण्टा वार्ता भएको थियो । वार्तापछि उनीहरु एउटै गाडीमा बाहिरिएका थिए ।

‘सुरुमा बालेन, कुमार बेन, रवि र असिम साहबीच करिब ४५ मिनेट संयुक्त छलफल भयो । त्यसपछि असिम र कुमार बेनलाई बाहिर राखेर रवि–बालेनबीच ४–५ घण्टा एक्लाएक्लै छलफल भयो’, स्रोतले भन्यो ।

‘वान अन वान’ वार्ताका विषय औपचारिक रुपमा सार्वजनिक भएका छैनन् । तर उनीहरु निकट स्रोत भने आगामी राजनीतिक यात्रा सँगसँगै गर्ने समझदारी बनेको बताउँछ । ‘यसबारे थप छलफल गर्न सम्भवत: आजै अर्को चरणको पनि वार्ताको तयारी भइरहेको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

पहिलो चरणमा बालेनलाई प्रधानमन्त्री बन्न रविले सघाउने

स्रोतका अनुसार बालेन र रविबीच एउटै पार्टी बनाएर अघि बढ्ने र शक्ति बाँडफाँट कसरी गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । सोही छलफल अन्तर्गत कमलपोखरी बसाइको प्रबन्ध मिलाइएको थियो ।

सो बसाइमा यसपालि बालेनलाई भावी प्रधानमन्त्री बनाउन रविले सघाउने र अर्को चुनावमा रविलाई बालेनले सघाउने समझदारी बनेको उनीहरु निकट स्रोतको भनाइ छ । ‘आगामी प्रतिनिधि सभा निर्वाचनबाट बालेन चुनाव लड्ने र रविले बालेनलाई पूरै पाँच वर्ष प्रधानमन्त्री बन्न सघाउने भन्ने समझदारी बनेको छ,’ स्रोत भन्छ, ‘अर्को चुनावमा भने बालेनले रविलाई त्यसैगरी सघाउने कुरा छ ।’

स्रोतका अनुसार बालेन रास्वपाको घण्टी चुनाव चिह्नलाई स्वीकार्न पनि तयार देखिएका छन् तर पार्टीको नाममा भने छलफल जारी छ । मिल्न बाँकी थप विषयमा निरन्तर छलफल जारी राख्ने समझदारी उनीहरुबीच भएको छ ।

बालेनसँग एकता र शक्ति बाँडफाँटमा रवि लचिलो देखिएका छन् । भैरहवा कारागारबाट मुक्त भएपछि चितवनको चौबिसकोठीमा आयोजित सार्वजनिक कार्यक्रममै रविले देश बन्ने सर्तमा आफू सबै त्याग्न तयार रहेको बताएका थिए ।

कसरी जुर्‍यो कमलपोखरी बसाइ ?

चितवनबाट काठमाडौं फर्किएलगत्तै रवि भेटघाटमा व्यस्त भएका थिए । सुरुमा जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पताल पुगेर भेटेका उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई पनि भेटेका थिए । त्यसपछि पुस ६ गते बालेन र रविबीच असिम साहको घरमा संक्षिप्त भेटवार्ता भएको थियो ।

त्यहीबेला अर्को चरणको भेटवार्ताबारे सहमति भएको थियो । सो सहमति अनुसार बालेनले सुरुमा अब कुमार बेनको घरमा बस्ने प्रस्ताव राखेका थिए । रविले सुरक्षा लगायतका कारण देखाउँदै अर्को विकल्प खोज्न भनेका थिए ।

‘रविले कुमार बेनको घरमा बस्न कम्फर्टबेल फिल नगरेपछि अर्को ठाउँ खोज्ने क्रममा असिमको कार्यालय कमलपोखरी तय गरियो,’ स्रोतले भन्यो ।

सो भेटमा सुरुमा डा. स्वर्णिम वाग्ले पनि रहने बताइए पनि रविले अन्तिम समयमा स्वर्णिमलाई नलगेको स्रोत बताउँछ ।

‘एकताको सन्देश’

बालेन र रविबीच भेटवार्ताको प्रबन्ध मिलाएका असिम साहले छलफल सौहार्दपूर्ण भएको र एकताको सन्देश दिएको बताए ।

‘बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको माग हो । त्यसको सुखद सुरुवात भएको छ’, असिम साहले भने, ‘यसको सन्देश केहो भने दुई जना मिलेर जाने हो । अब अगाडि बढ्ने हो ।’

उनले फेसबुकमा पनि लेखेका छन्, ‘अन्तत: कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो ।’

कुलमानबारे पनि छलफल

रवि र बालेनबीच जेनजी युवाहरुको भावना समेट्ने गरी वैकल्पिक शक्तिहरुलाई एक ठाउँमा ल्याउन प्रयास गर्ने समझदारी समेत भएको स्रोत बताउँछ ।

यसक्रममा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबारे पनि छलफल भएको बताइन्छ । तर रविले यसमा कम्फर्टेबल फिल नगरेको स्रोतको भनाइ छ । यसअघि कुलमान र बालेनबीच भने भेटवार्ता भएको थियो ।

‘विभिन्न दल र समूह गरेर १० वटासँग कुराकानी भइरहेको छ । त्यसमा हामी आक्रामक रुपमा नै जाने भन्ने कुरा भएको छ,’ एक नेताले भने, ‘एक दुई दिनमै केही नयाँ आउँछ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More