― Advertisement ―

‘उत्पादन र रचनात्मकता अलग साइलोमा बस्नु हुँदैन’: किन क्यानभाको एआई पुश यसको लोकतान्त्रिक डिजाइनको मूल सिद्धान्तहरू भन्दा फरक छैन

दशकौंदेखि, काम र रचनात्मकतालाई अलग-अलग मापन गरिएको छ। उत्पादकता उपकरणहरू जस्तै स्प्रेडसिट र कागजातहरू दक्षताका लागि बनाइएका थिए, जबकि रचनात्मकता अन्य ठाउँमा विशेषज्ञ...
HomeLatest newsम्यानमारको निर्वाचन बहिष्कार गर्न राष्ट्रसङ्घका विशेषज्ञको आह्वान

म्यानमारको निर्वाचन बहिष्कार गर्न राष्ट्रसङ्घका विशेषज्ञको आह्वान



११ माघ, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका विशेषज्ञ टम एन्ड्रुजले म्यानमारको सैन्य जुन्टाद्वारा आयोजित निर्वाचनलाई नक्कली र जालसाजी भन्दै त्यसलाई अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।

म्यानमारमा आज मतदानको अन्तिम चरण सम्पन्न हुँदै गर्दा एन्ड्रुजले जोड दिएर भने, ‘यस निर्वाचनको वास्तविक मापन सैन्य सरकारले निकाल्ने नतिजामा नभई विश्वले यसलाई कसरी हेर्छ भन्ने कुरामा निर्भर गर्दछ।’

एन्ड्रुजले यस तीन चरणको निर्वाचनलाई नाटकीय प्रदर्शनको संज्ञा दिएका छन्। उनका अनुसार, सैन्य शासनले वर्षौँदेखि स्वतन्त्रताका आधारस्तम्भहरू भत्काएर आफ्नै अनुकूलको वातावरण तयार पारेको छ।

उनले म्यानमारका जनताको असाधारण साहसको प्रशंसा गरे, जसले सैन्य धम्की, गिरफ्तारी र जेलको जोखिम मोलेर पनि यो राज्य-नियन्त्रित प्रक्रियामा सहभागी हुन अस्वीकार गरेका छन्।

आङ सान सुकीको पार्टी लगायतका विपक्षी दलहरूलाई प्रतिबन्ध लगाएर र सञ्चारमाध्यमको घाँटी निमोठेर जुन्टाले लोकतन्त्रको मुकुण्डो पहिरिन खोजेको उनको टिप्पणी छ।

संयुक्त राष्ट्रसङ्घका विशेषज्ञका अनुसार, अबको बाटो स्पष्ट छ। अन्तर्राष्ट्रिय समुदायले सैन्य जुन्टालाई एक्ल्याउन र उनीहरूलाई आवश्यक पर्ने हतियार तथा विमान इन्धनजस्ता स्रोतहरू रोक्न आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ। उनले आसियानजस्ता क्षेत्रीय साझेदारहरूले निर्वाचनको नतिजालाई मान्यता नदिने अडान लिएकोमा स्वागत गरे।

(एजेन्सी)

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More