― Advertisement ―

अल्ट्रा कम्प्याक्ट NucBox K17 Mini PC लाई पकेट-आकारको फ्रेममा ट्रिपल-अङ्कको AI प्रदर्शन र ज्वलन्त-छिटो मेमोरी प्रदान गर्ने भेट्नुहोस्।

NucPUBAI, NucBox1 का लागि KPUBAI, फुल कार्यसम्पादनIntel Core Ultra 5 226V प्रोसेसरले कुशल, उच्च-गति कम्प्युटिङ प्रदान गर्दछIntegrated Arc 130V GPU ले INT8 परिशुद्धता प्रयोग...
Homeराष्ट्रिय समाचारमौसमविद्‍ले भनेका थिए- शनिबारदेखि घमाइलो हुन्छ, किन भएन ?

मौसमविद्‍ले भनेका थिए- शनिबारदेखि घमाइलो हुन्छ, किन भएन ?



१६ भदौ, काठमाडौं । बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’को प्रभावका कारण कात्तिक १३ र १४ गते दुई दिनसम्म नेपालमा झरी पर्ने पूर्वानुमान सार्वजनिक भयो । मौसमविदहरुले भनेका थिए-१३ र १४ गते दुई दिनसम्म झरी परेर १५ गते शनिबारदेखि आकाश खुल्नेछ ।

तर पूर्वानुमानअनुसार भएन । १५ गते शनिबारको बिहानभर पनि काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी  हल्का पानी परिरह्यो । दिनभर डम्म बादल लागिरह्यो । आज कात्तिक १६ गते आइतबारको दिन बिहानसम्म पनि बादल लागेकै छ ।

यस्तो किन भयो ? जलवायुका अध्येता डा. धर्मराज उप्रेति, अहिले सक्रिय कुनै मौसमी प्रणाली नभए पनि ‘मोन्था चक्रवात’ र अरब सागरको न्यून चापीय प्रणालीको अवशेषले बाक्लो बादल लागेको र त्यही कारणले मौसम घमाइलो नभएको बताउँछन् ।

अर्का मौसमविद् उज्ज्वल उपाध्याय पनि नेपालमा पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट जलवाष्पयुक्त वायुको प्रभाव परेको बताउँछन् । त्यसैले काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी भूभागमा झरी लम्बिएको र बादल लागिरहेको हो ।

उनी भन्छन्, ‘मौसम पूर्वानुमानका तीनवटा मोडेलको संयुक्त अध्ययन अनुसार बागमती, गण्डकी र तराईका जिल्लाहरुमा आज बिहानसम्म मौसम खुल्नुपर्ने अपेक्षा गरिएको थियो, तर त्यसो हुन सकेन ।’

त्यसका मुख्य कारणहरूबारे उपाध्यायले फेसबुकमा लेखेका छन्, ‘मोन्था आँधी बिहीबारदेखि कमजोर भएपछि, सोमबारदेखि सक्रिय रहेको (तर नबाहिरिएको) पश्चिमी वायुसँग यसको मिश्रण भई एक ठूलो संयुक्त प्रणाली बनेको छ, जसले व्यापक क्षेत्र ढाकेको छ ।’

यो प्रणाली शुक्रबार रातिसम्म कोशी हुँदै बंगालको खाडीतर्फ सर्नुपर्ने भए पनि, बंगालको खाडी नजिकै थाइल्याण्ड्को दक्षिणी भू-भागमा निर्मित र हाल बंगलादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीद्वारा उल्टो दिशामा (उत्तर-पश्चिम तर्फ) धकेलियो ।

यसबीच, अरब सागरबाट अर्को सक्रिय प्रणाली पनि गुजरात-राजस्थान हुँदै उत्तर-पूर्व तर्फ अगाडि बढ्यो ।

‘त्यसैले नेपालमा पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट जलवाष्पयुक्त वायुको दबाब परेको अवस्था छ,’ मौसमविद उपाध्याय भन्छन्, । जसका कारण वर्षा गराउने बादलको ठूलो हिस्सा शनिबारसम्म पनि गण्डकी-बागमती-कोशी क्षेत्रमा रहेको र वर्षा भएको उनको विश्लेषण छ ।

उनी भन्छन्, ‘धेरै प्रणाली मिसिएको जटिल अवस्था भएकाले अब यो प्रणाली कतिबेर रहन्छ भन्न त्यति सजिलो छैन ।’ तर बादलको घनत्व घट्नेक्रममा रहेकाले मौसममा उल्लेख्य सुधार आउने उनको अनुमान छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More