― Advertisement ―

तपाईंको बायोडाटा मेशिनहरू द्वारा अस्वीकार हुँदैछ, र स-साना शब्द विकल्पहरूले चुपचाप कसलाई देख्ने र को गायब हुन्छ भन्ने निर्णय गर्दैछ।

सर्वाधिक AI प्रणाली द्वारा पुन: समिक्षा गरिनु अघि मानव फाइलहरू हुन्छएआई स्क्रिनिङले अनुभव र क्षमतामा कुञ्जी शब्दहरूलाई प्राथमिकता दिन्छसानो शब्द भिन्नताहरूले पुन: सुरुवात अस्वीकार...
HomeLatest newsमोहनविक्रम सिंह – KhabarHost

मोहनविक्रम सिंह – KhabarHost



६ मंसिर, काठमाडौं । वामपन्थी नेता मोहनविक्रम सिंहले जेनजी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भएपनि आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको बताए ।

‘यो सरकार मूल रुपमा जेनजी आन्दोलनको परिणाम हो । जेनजी आन्दोलन मूल रुपमा अमेरिकाद्वारा सञ्चालित हो,’ उनले भने, ‘त्यसका मान्छेहरु पनि बढी अमेरिकाप्रति सम्बन्धित, बार्बरा फाण्डेशनसँग सम्बन्धित छ । एनजिओ, आइएनजीओसँग सम्बन्धित छ । त्यसले आफ्नो चरित्रलाई उदांगो बनाएको छ ।’

अमेरिकासँग सम्बन्धित व्यक्तिहरु नै सरकार बनाउने खेलमा सक्रिय रहेको बताउँदै उनले विभिन्न पछिल्ला गतिविधिहरूले उनीहरूको चरित्रलाई उदांगो बनाइदिएको उल्लेख गरे ।

‘यो जेनजी आन्दोलनलाई गलत तत्वहरुले बीचमा हाइज्याक गरे । जेनजी आन्दोलनभित्र गलत तत्वहरुको प्रयोग भएको छ । हाइज्याक गरेको छ । यसले मूल रुपमा जेन जी आन्दोलन रहेको छैन,’ उनले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More