― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
HomeLatest newsमोरङको हरैंचामा सबैभन्दा धेरै वर्षा, आज पनि मधेश र कोशीमा भारी वर्षाको...

मोरङको हरैंचामा सबैभन्दा धेरै वर्षा, आज पनि मधेश र कोशीमा भारी वर्षाको सम्भावना



१४ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको आंशिक असरले मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा भएको छ ।

यसैगरी सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मोन्था चक्रवातको प्रणाली आज कोशी र मधेश प्रदेशमा केन्द्रित हुने छ । त्यसको प्रभावले आज पनि कोशी र मधेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको छ ।

साथै काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा मध्यम वर्षा र अन्य प्रदेशहरुमा हल्का वर्षा हुने छ ।

यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगहरुमा हिमपातको समेत सम्भावना छ ।

भोलि शनिबार बिहानदेखि भने मौसममा सुधार हुने सम्भावना रहेको मौसमविदको भनाइ छ ।





Read More