― Advertisement ―

युक्रेनले रुसले आफ्नो सैन्य सम्पत्तिलाई सुपरचार्ज गर्न सन् २०३५ सम्म करिब १००० उपग्रह तैनाथ गर्ने योजना बनाएको जनाएको छ ।

रसियाली भाषामा अघिल्लो भाषामा छिटो भन्दा छिटो अपेक्षितमस्कोले २०३५ सम्ममा रास्भेटलाई ९२४-स्याटेलाइट नक्षत्रमा विस्तार गर्ने योजना बनाएको छरासभेटले हाल स्टारलिङ्क-स्तर निरन्तर जडानको सट्टा अन्तरिम...
HomeLatest newsमुलुकको शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब बचतमा – KhabarHost

मुलुकको शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब बचतमा – KhabarHost


राष्ट्रिय

समाचार.

  • चालु आर्थिक वर्ष मंसिर मसान्तसम्म मुलुकको शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँ बचतमा रहेको छ।
  • समीक्षा अवधिमा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको भन्दा बढी हो।
  • समीक्षा अवधिमा ७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ।

२५ पुस, काठमाडौं । चालु आर्थिक वर्ष मंसिर मसान्तसम्म मुलुकको शोधनान्तर स्थिति (ब्यालेन्स अफ पेमेन्ट) ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँ बचतमा देखिएको छ ।

मुलुकमा विभिन्न माध्यमबाट भित्रिने रकम र बाहिरिने रकमबीचको अन्तर नै शोधनान्तर स्थिति हो । शोधनान्तर स्थिति बचतमा रहनुले मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी रहेको जनाउँछ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति २ अर्ब ९८ करोडले बचतमा रहेको छ ।

बढ्दो रेमिट्यान्स तथा निर्यातले शोधनान्तर स्थिति बचतलाई योगदान पुगेको छ । समीक्षा अवधिमा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा खुद पूँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड रहेको थियो ।

यसैगरी, समीक्षा अवधिमा ७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्येक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६ अर्ब ३ करोड भित्रिएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More