― Advertisement ―

वैज्ञानिकहरूले एउटा ‘चुम्बकीय इलास्टिक’ तम्बू विकास गर्दैछन् जसले पवन टर्बाइन जस्तै आफ्नै बिजुली बनाउँछ – तर अर्को वर्ष ग्लास्टनबरीमा लैजान सक्षम हुने आशा नगर्नुहोस्।

आफ्नै बिजुली उत्पादन गर्न सक्ने विकासकर्ताहरूले यो म्याग्नेटोइलास्टिक पदार्थबाट बनेको हो यो अझै प्रारम्भिक चरणमा छ, तर वैज्ञानिकहरूले यसलाई अफ-ग्रिड शिविर र प्रकोप क्षेत्रमा...
HomeLatest newsमीनबहादुर भाम बने ‘बर्लिन फिल्म फेस्टिभल’ का जुरी सदस्य

मीनबहादुर भाम बने ‘बर्लिन फिल्म फेस्टिभल’ का जुरी सदस्य


राष्ट्रिय

समाचार.

  • विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलले नेपाली निर्देशक मीनबहादुर भामलाई सन् २०२६ को अन्तर्राष्ट्रिय जुरी सदस्यको रुपमा घोषणा गरेको छ।
  • निर्देशक भाम सम्भवतः ए–लिस्टर फेस्टिभलमा जुरी सदस्य बन्ने पहिलो नेपाली फिल्मकर्मी बनेका छन्।
  • जर्मनीका विम वेन्डर्स जुरी प्यानलको अध्यक्ष छन् र अन्य सदस्यमा दक्षिण कोरियाकी बे डुना, भारतीय शिवेन्द्र सिंह डुंगरपुर लगायत छन्।

काठमाडौं । विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलले नेपाली फिल्म निर्देशक मीनबहादुर भामलाई जुरी सदस्यको रुपमा घोषणा गरेको छ । निर्देशक भाम ए–लिस्टर फेस्टिभलमा जुरी सदस्य बन्ने सम्भवतः पहिलो फिल्मकर्मी बनेका छन् ।

बर्लिन फिल्म फेस्टिभलले वेब-साइटमार्फत यसबारे जानकारी दिएको छ ।

सन् २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यानलको अध्यक्षमा जर्मनीका विम वेन्डर्स छन् । सदस्यहरूमा नेपालका भामसहित दक्षिण कोरियाकी बे डुना, शिवेन्द्र सिंह डुंगरपुर (भारत), रेनाल्डो मार्कस ग्रीन (अमेरिका) र हिकारी (जापान) र इवा पुस्ज्चिन्स्का (पोल्याण्ड) छन् ।





Read More