― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsमिनिरल वाटर बोकेको गाडी इन्द्रसरोवर तालमा खस्यो – KhabarHost

मिनिरल वाटर बोकेको गाडी इन्द्रसरोवर तालमा खस्यो – KhabarHost



१२ माघ, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर तालमा मिनरल वाटर बोकेको गाडी खसेको छ ।

इन्द्रसरोवर गाउँपालिका-१ मार्खुचौरस्थित मार्खु-कलंकी सडक खण्डमा कंलकीबाट मार्खु तर्फ आउँदै गरेको बा३ख ३९५४ नं. को मिनरल वाटर (खानेपानी) बोकेको आइचर गाडी तालमा खसेको हो ।

रोकेर पानी झार्ने क्रममा अचानक अगाडि बढ्दा सडकबाट अन्दाजी १५ मिटर तल इन्द्रसरोवर तालमा गाडी खसेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट मार्खुबाट खटिएको टोली घटनास्थल पुगेको र गाडी निकाल्नका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

गाडी मालिक ललितपुरको ललितपुर नगरपालिका-११ ‍शङ्खमुलका दिगज आमत्य, चालक गोरखा सुलीगढ गाउँपालिका-१ का २१ वर्षीय सुजन परियार र सहचालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका-३ का १८ वर्षीय सुजन जिम्बा सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।





Read More