― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
HomeLatest newsमायोर्कालाई हराएपछि बार्सिलोनालाई ४ अंकको अग्रता

मायोर्कालाई हराएपछि बार्सिलोनालाई ४ अंकको अग्रता


राष्ट्रिय

समाचार.

  • स्पानिस ला लिगाको शीर्ष स्थानको बार्सिलोना मायोर्कालाई ३-० ले पराजित गरेको छ।
  • बार्सिलोनाले २३ खेलबाट ५८ अंक जोडेर दोस्रो स्थानको रियल मड्रिडमाथि ४ अंकको अग्रता बनाएको छ।
  • रोबर्ट लेवान्डोस्की, लामिन यामल र मार्क बर्नानले गोल गर्दै बार्सिलोनाको जितमा योगदान गरेका थिए।

२५ माघ, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानको बार्सिलोना मायोर्कालाई शनिबार ३-० ले पराजित गरेको छ । यो जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ४ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाको २३ खेलबाट ५८ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५४ अंक छ ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रोबर्ट लेवान्डोस्कीले २९औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

लामिन यामलले ६१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । युवा खेलाडी मार्क बर्नानले ८३ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको सहज जितमा योगदान गरे ।





Read More