― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsमाघे सक्रान्तिदेखि आइएनआईको देवचुलीस्थित नयाँ हल सञ्चालनमा आउँदै

माघे सक्रान्तिदेखि आइएनआईको देवचुलीस्थित नयाँ हल सञ्चालनमा आउँदै


राष्ट्रिय

समाचार.

  • माघे सक्रान्तिदेखदेखि नवलपरासी देवचुलीमा २९२ सिट क्षमताको आइएनआई देवचुली मल्टिप्लेक्स संचालनमा आउँदैछ।
  • आइएनआईले भैरहवाको भाटभटेनीमा ४०० सिट क्षमता दुई हल फागुन अन्त्यदेखि सञ्चालन गर्ने योजना बनाएको छ।
  • देशभर चालु अवस्थामा रहेका हलको संख्या १६९ बाट आइएनआई देवचुली हल सञ्चालनसँगै १७० पुग्नेछ।

काठमाडौं । मल्टिप्लेक्स चेन आइएनआईको देशभर पर्दा संख्या ११ पुगेको छ । माघे सक्रान्तिदेखि नवलपरासीको देवचुलीमा २९२ सिट क्षमताको सिंगल थिएटर ‘आइएनआई देवचुली मल्टिप्लेक्स’ संचालनमा आउँदैछ ।

सो हलमा लेजर स्मार्ट प्रोजेक्टर बार्को-११ एस, एआईले पनि रिड गर्न सक्ने ध्वनिको नयाँ संस्करण ‘इमर्सिभ साउन्ड’, पल्ज स्पिकर्स, जीडीसी सर्भर, थ्रीडीको अत्याधुनिक संस्करण गेट-डी थ्रीडी जडान गरिएको छ ।

हलमा पर्दाको आकार ३७ फिट लम्बाई र साढे १५ फिट उचाइ छ । आइएनआई निर्देशक सुरेन्द्र थापाका अनुसार, भैरहवाको भाटभटेनीमा ४०० सिट क्षमता दुई हल पनि फागुन अन्त्यदेखि संचालनमा आउनेछन् ।

यो समाचार लेख्दासम्म चलचित्र विकास बोर्डका अनुसार देशभर चालु अवस्थामा रहेका हलको संख्या १६९ छ । आइएनआईको देवचुली हल चलेसँगै देशभरका हलको संख्या १७० पुग्नेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More