― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeविचार/ब्लग‘माओवादीसँग एकताको पक्षमा ९९ प्रतिशत, एक-दुईटा बियाँ त भेटिइहाल्छन्’

‘माओवादीसँग एकताको पक्षमा ९९ प्रतिशत, एक-दुईटा बियाँ त भेटिइहाल्छन्’



१३ कात्तिक, काठमाडौं । एकीकृत समाजवादीको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा नेकपा माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक प्रस्ताव पेस भएपछि नेताहरु पक्ष र विपक्षमा विभाजित भएका छन् ।

अध्यक्ष माधव कुमार नेपाल पक्षका नेताहरु माओवादीसँग पार्टी एकताको पक्षमा र सम्मानित नेता झलनाथ खनाल पक्षका नेताहरु विपक्षमा उभिएका छन् । नेताहरूका अनुसार यो कलहले पार्टी नै फुटको संघारमा पुगेको छ ।

आजको बैठकमा झलनाथ खनाल र महासचिव घनश्याम भुसालले धारणा राख्दैछन् । त्यसपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्य लगायतले धारणा राख्ने छन् ।

यसै सन्दर्भमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीसँग अनलाइनखबरले संक्षिप्त कुराकानी गरेको छ –

तपाईं माओवादीसँग एकताको पक्षमा कि विपक्षमा ?

म त कम्युनिष्ट पार्टीहरुसँग एकता गर्दै जानुपर्छ भन्ने पक्षमा हो । त्यो काम सुरु गरिहालौं भन्ने मेरो भनाइ हो । पार्टीबाट हुने निर्णय पनि यही हो ।

तपाईंको भनाइ अनुसार एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गरेर जाने निर्णय गर्छ ।

हो । त्यो ठाउँमा पुग्छौं हामी ।

झलनाथ खनाल पक्षकाले त माओवादीसँग अहिले नै एकता गर्नु हुँदैन भन्नुभएको छ नि ?

लाखमा, हजारमा त एक–दुईटा फरक कुरा निस्किन्छ नि । ९९ प्रतिशत एकढिक्का हुँदा एक प्रतिशतले अर्कोतिर मुख फर्काइरहेको हुन्छ । त्यो त स्वाभाविक हो नि ।

माओवादी केन्द्रसँग एकता गरेर जानुपर्छ भन्ने पक्षमा एकीकृत समाजवादीका ९९ प्रतिशत छन् भन्न खोज्नु भा हो ?

हो । त्यो लगभग सबै हो नि । बोरामा एक–दुईटा बियाँ त भटिनुलाई स्वाभाविक रुपमा लिनुपर्छ ।

एकतापछि बन्ने नयाँ पार्टीको नाम के हुन्छ ?

विभिन्न प्रस्तावहरु छन् । त्यसमा तीन–चारवटा विकल्पमा छलफल भइरहेको छ । समाजवादी चाहिँ रहन्छ ।

नाम नेकपा समाजवादी रहन्छ ?

त्यो सम्भावना बढी छ । एकतापछि बन्ने नयाँ पार्टीको नाम नेकपा समाजवादी नै हुन्छ होला ।

चुनाव चिह्न के राख्ने ?

हामीले कलम नै राख्ने भनिराखेका छौं । माओवादी केन्द्रले तारा भनिराखेको छ । हेरौं के हुन्छ ।

कहिलेसम्म होला एकता ?

आगामी मंसिरमा एकता महाधिवेशन गर्छौं र चुनावमा जान्छौं ।

नेताहरुको व्यवस्थापन कसरी हुन्छ ?

त्यसमा छलफल भइरहेको छ । एकता महाधिवेशनमा सबै कुरा टुंगिन्छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More