― Advertisement ―

युक्रेनको नयाँ स्टारलिंक प्रतिद्वन्द्वी अगाडि बढ्छ किनकि स्टेटम्यानले संस्थापकको अचानक मृत्युको बाबजुद विशाल उपग्रह नेटवर्क तयार गर्दछ

Ukraines-s’s’t’s’ll networks को साथ तयार गर्नुहोस् प्रक्षेपण समर्थननयाँ नेतृत्वले युक्रेनको महत्वाकांक्षी उपग्रह परियोजनालाई अगाडि बढाउँछबिलियन-युरो नक्षत्रले युक्रेनको सञ्चार स्वतन्त्रतालाई बलियो बनाउने लक्ष्य राखेको छयुक्रेनी...
Homeराष्ट्रिय समाचारमाओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय – KhabarHost

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय – KhabarHost



१४ कात्तिक, काठमाडौं । माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकिएको छ ।

बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् ।

अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे ।

एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी (नेसपा) सँग पनि एकता गर्ने निर्णय गरेको छ ।

बैठकमा अध्यक्ष नेपालले एकताका लागि पार्टीको सचिवालय बैठकले थप गृहकार्य गर्ने जानकारी दिएका उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।

एकीकृत समाजवादीमा अध्यक्ष नेपाल इतरका एउटा पक्षले भने माओवादीसँग एकता गर्न नहुने अडान लिएको छ । एकता भए पार्टी पुनर्गठन गर्ने उनीहरूले बताउँदै आएका छन् ।

समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्यास भूसाल, नेताहरू विजय पौडेल, रामझाँक्री लगायतले माओवादीसँगको एकताको विरोध गरिरहेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More