― Advertisement ―

‘केही सृजनात्मक जागिरहरू हराउनेछन्, तर सायद तिनीहरू त्यहाँ पहिलो स्थानमा हुनुहुँदैन थियो’ – पूर्व ओपनएआई सीटीओ मीरा मुराती द्वारा दिनको उद्धरण

मेसिनले एक दिन कार्यस्थलमा मानिसको स्थान लिनेछन् भन्ने भविष्यवाणी दशकौंदेखि गरिएको छ। तर त्यहाँ एक बढ्दो अनुभूति छ कि, जेनेरेटिभ एआईले केही हदसम्म मानवीय...
HomeLatest newsमहोत्तरीको गौशाला बजारमा एक पुरुषको शव फेला – KhabarHost

महोत्तरीको गौशाला बजारमा एक पुरुषको शव फेला – KhabarHost



८ कात्तिक, मटिहानी (महोत्तरी) । महोत्तरीको गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । स्थानीय माछा बजारमा आज बिहान एक २५ वर्षीय युवकको शव फेला परेको हो ।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठा रहेको बुझिएको छ ।

स्थानीयको भनाइअनुसार मृतक बैठा करिब तीन–चार वर्षदेखि गौशालाका विभिन्न होटलमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए । केही समय बिरामी रहेको र सोही क्रममा गएराति उनको मृत्यु भएको हुनसक्ने स्थानीय बासिन्दाको अनुमान छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More