― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsमहेश बस्नेत – KhabarHost

महेश बस्नेत – KhabarHost



१० मंसिर, काठमाडौं । नेकपा एमालेका पोलिट ब्युरो सदस्य महेश बस्नेतले जेनजीहरू बहकिएकै कारण लोकतान्त्रिक विधिबाट चुनिएको सरकार ढलेको भन्दै धेरै नबहकिन आग्रह गरेका छन् ।

बुधबार धनगढीमा युवा संघ नेपालले आयोजना गरेको युवा जागरण अभियान सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘जेनजी भाइहरू तपाईंहरू धेरै नहबकिनुस् । तपाईंहरू एक चोटी बहकिएको कारणले ७६ जनाको मृत्यु भयो । हाम्रो  सिंहदरबार जल्यो । सर्वोच्च अदालत जल्यो । संसद् भवन जल्यो । सारा सरकारी कार्यालयहरू जले । ५०० भन्दा बढी प्रहरी चौकी जले । देश ध्वस्त भयो । लोकतान्त्रिक विधिबाट चुनिएको सरकार ढल्यो ।’

जेनजी आन्दोलनको भरमा सुशीला कार्कीको सरकार आएको भन्दै उनले नबुझ्ने जेनजीहरू अरूले बहकाएको भरमा आन्दोलन गरिरहेको बताए ।

उनले अगाडि भने, ‘बुझ्ने मिरज ढुंगाना लगायत जेनजीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई घेर्न थालिसके । राष्ट्रपतिको राजीनामा माग्न थालिसके । कुलमान घिसिङलाई घुसिहा भन्दै राजीनामा माग्न थालिसके ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More