― Advertisement ―

AI अचानक प्रशिक्षित भाषाहरूमा प्रवाहित हुँदै गइरहेको छ, र यसले मेसिनहरूले वास्तवमा मानव बोली कसरी सिक्ने भन्ने बारे सबै कुरा परिवर्तन गर्दछ।

एआई मोडलहरूको साथमा भाषाहरूमा तालिम लिनुहोस्। डेटाक्रोस-भाषिक स्थानान्तरणले दुर्लभ भाषा प्रदर्शनलाई बढावा दिन साझा ढाँचाहरूलाई अनुमति दिन्छटोकनाइजर दक्षता सुधारहरूले बहुभाषिक प्रशोधन लागत र गुणस्तरमा...
HomeLatest newsमहिला क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक माग्यो आवेदन

महिला क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक माग्यो आवेदन


राष्ट्रिय

समाचार.

  • नेपाल क्रिकेट संघले महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजक बन्न इच्छुक कम्पनीहरूलाई आवेदन दिन फेरि आह्वान गरेको छ।
  • प्रायोजन रकम वार्षिक न्यूनतम ६० लाख तोकिएको छ र अवधि दुई वर्ष रहनेछ।
  • आवेदन जनवरी ४ बिहान ११ बजेभित्र क्यानको कार्यालयमा बुझाउनुपर्नेछ र ३० हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ।

२८ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन फेरि एकपटक आह्वान गरेको छ।

यसअघि गत साउनमा पहिलोपटक आवेदन खुलाइएको थियो । तोकिएको समयमा आवेदन प्राप्त नभएपछि फेरि खुलाइएको क्यानले जनाएको छ ।

प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ तोकिएको छ । अवधि २ वर्ष रहनेछ र आपसी सहमतिमा बढाउन सकिने व्यवस्था छ। प्रायोजन अन्तर्गत ब्रान्डको लोगो जर्सीको अगाडि रहनेछ।

आवेदनका लागि सरकारी कानुनअनुसार अनुमति प्राप्त सबै ब्रान्डहरू सहभागी हुन पाउनेछन्। आवेदन जनवरी ४ को विहान ११ बजेभित्र क्यानको मुलपानीस्थित कार्यालयमा कम्पनीको लेटरहेडमा हस्ताक्षर र छापसहित बुझाउनुपर्नेछ। साथै ३० हजार रुपैयाँको धरौटी रकम सिद्धार्थ बैंक, हातिसार शाखामा जम्मा गर्नुपर्नेछ।

आवेदनसँगै कम्पनी दर्ता प्रमाणपत्र, प्यान/भ्याट प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, आवश्यक लाइसेन्स, कम्पनी प्रोफाइल, ब्रान्डिङ योजना र अघिल्लो प्रायोजन अनुभव (भए) पेश गर्नुपर्नेछ।

यसअघि पुरुष क्रिकेट टोलीको जर्सी प्रायोजक नासा सेक्युरिटिज बनिसकेको छ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More