― Advertisement ―

NBN मूल्यहरू 2 हप्ता भन्दा कममा बढ्न सेट गरिएको छ – यो धेरै ढिलो हुनु अघि अब एक कम लागत योजना लक गर्नुहोस्

यदि तपाईंले आफ्नो NBN योजनालाई अझ किफायती वा सायद अहिलेको भन्दा छिटो किनमेल गर्ने योजनामा परिवर्तन गर्ने विचार गरिरहनुभएको छ। थप पढ्नुहोस्
HomeLatest newsमहिला अधिकारकी विद्रोही रखाल अब राष्ट्रिय सभामा – KhabarHost

महिला अधिकारकी विद्रोही रखाल अब राष्ट्रिय सभामा – KhabarHost


राष्ट्रिय

समाचार.

  • मिनासिंह रखालले छोरीहरूलाई पढाउनु नहुने सामाजिक विभेदविरुद्ध १२ वर्षको उमेरमा घर छोडेर कम्युनिस्ट राजनीतिमा होमिइन्।
  • रखालले शिक्षकको जागिर छोडेर पूर्णकालीन राजनीतिमा होमिइन् र ४८ वर्षपछि कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइन्।
  • उनी राष्ट्रिय सभामा महिला अधिकार र संघीयता कार्यान्वयनमा काम गर्ने योजना बनाइरहेकी छिन् र एमालेको केन्द्रीय सदस्य पनि हुन्।

१२ माघ, सुर्खेत । बाबु–आमाले सहजै स्कुल पठाइदिएको भए, छोरी भएकै कारण थरी थरीका विभेद झेल्नु नपरेको भए, मिनासिंह रखाल यति बेला अवकाश पछिको जीवन बिताइरहेकी हुन्थिन् । तर छोरीहरूले खेप्नु परेको विभेदले उनलाई यतिकै बसिरहन दिएन ।

उनले छोरीलाई पढाउनु हुन्न भन्ने समाज र परिवारका विरुद्ध विद्रोह गरेर १२ वर्षको उमेरमा घर छोडिन् । र, नेपालगञ्जमा पढ्दै गर्दा २०३४ सालमा कम्युनिस्ट राजनीतिमा होमिइन् । तीनै रखाल ४८ वर्षपछि कर्णाली प्रदेशबाट आइतबार राष्ट्रिय सभा सदस्यमा विजयी भएकी छिन् ।

‘मेरा कथा व्यथा भनिनसक्नु छन् । लेखौँ भने किताब नै बन्छ । छोरीलाई पढाउनु हुन्न । घरबाहिर जान दिनुहुँदैन भन्ने परिवार र समाजमा विद्रोह गरेर निक्लिनु सामान्य कुरा थिएन,’ रखाल भन्छिन्, ‘साना पीडा र चोटले क्रान्तिमा होमिएको हैन म ।’

करिब ७ वर्ष शिक्षण गरेकी रखाल शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएकी थिइन् । छोरीहरूलाई पढाउनु पर्छ भनेर विद्रोह गर्ने तिनै ६३ वर्षीया रखाल विद्वतहरूको थलो भनिने राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् ।

जुन सामाजिक कुरीतिले महिलालाई पढाउनु हुन्न भन्यो । छोरी भएकै कारण पाइलैपिच्छे विभेद खेप्नु पर्‍यो त्यसैका विरुद्ध विद्रोहको बिगुल फुक्दाफुक्दै रखाललाई राष्ट्रिय सभा सदस्य बनेर कानुन निर्माणमा सहभागी बन्ने अवसर जुरेको छ ।

जागिर छोडेर राजनीति

बुवा कृष्णवीर सिंह र आमा ढाका कुमारी हमालबाट २०१९ साल चैत्र १२ गते नारायण नगरपालिका₋१, दैलेख बजारमा जन्मिएकी मिना शिक्षित परिवारमा हुर्किइन् । उनका बुवाले त्यो बेला स्थानीय युवाहरूलाई शिक्षा दिने काम गर्थे ।

‘आजभोलिको जस्तो त्यो बेला स्कुल थिएन । रुखको छहारी, चौतारो, घरको आँगनमा राखेर पढाइन्थ्यो,’ रखालले भनिन्, ‘परिवार शिक्षित भए पनि छोरीहरूलाई पढाउनु हुन्न । घर बाहिर पठाउनु हुन्न भन्ने परिवारको मान्यता थियो ।’

रखालले यहाँसम्म पुग्न अनेकौँ सामाजिक र राजनीतिक हन्डर भोगेकी छिन् । एमाले दैलेखका अध्यक्ष सूर्य बहादुर शाहीका शब्दमा उनी कर्णालीकी इमानदार र विद्रोही नेता हुन् । ‘मिना कमरेड महिला अधिकारका लागि लड्ने एउटा विद्रोही महिला नेतृ हो । महिला आन्दोलन र विद्रोहबाट माथि उठ्नु भएको व्यक्ति हुनुहुन्छ,’ अध्यक्ष शाहीले भने, ‘व्यक्तिगत स्वभावमा पनि शान्त, सरल र इमानदार नेता हुनुहुन्छ ।’

नेपालगञ्जबाट एसएलसीसम्मको पढाइ सकेर उनी २०४९ मा दैलेख फर्किइन् । गाउँकै एउटा विद्यालयमा शिक्षकको जागिर पाइन् । उनी शिक्षक हुँदा एमाले निकटको शिक्षक सङ्गठनमा आबद्ध भएर काम गर्दै आएकी थिइन् ।

पछि २०४१ सालमा उनले दैलेखकै भीम बहादुर रखालसँग बिहे गरिन् । उनका श्रीमान् पनि शिक्षक थिए । विवाह गरेपछि भने श्रीमान् र परिवारको साथ पाइन् । तर समाजले भने एउटा महिला शिक्षकलाई सहजै स्विकार्ने अवस्था थिएन ।

उनले उक्त स्कुलमा पढाइरहेकै बेला ०४६ सालको अन्तिमतिर प्रजातन्त्रका लागि आन्दोलन सुरु भयो । काठमाडौंमा आन्दोलन सुरु भएसँगै उनीले पढाइरहेको विद्यालयबाट राजीनामा दिइन् । त्यसपछि उनी कहिल्यै शिक्षकको जागिरमा फर्किइनन् । बरु जागिर छोडेर महिला हिंसाविरुद्ध लड्ने प्रतिबद्धतासहित राजनीतिमा होमिइन् ।

यस्तो छ, राजनीतिक यात्रा 

मिनासिंह रखाल २०३४ सालमा नेपालगञ्जमा पढ्दै गर्दा कम्युनिस्ट राजनीतिमा होमिएकी थिइन् । उनी २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा उभिइन् । त्यो बेला उनी कक्षा ७ मा पढ्थिन् । १५ वर्षको उमेरदेखि उनी कम्युनिस्ट राजनीतिमा लागेकी थिइन् ।

२०४९ मा नारायण नगरपालिका ९ मा रहेको ईश्वरी प्राविमा शिक्षिकाको रूपमा काम गरिन् । २०४६ सम्म उनले ४ वटा विद्यालय फेर्नु पर्‍यो । त्यसको प्रमुख कारण आफू महिला शिक्षक हुनु भएको रखाल बताउँछिन् । ०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष सहभागिता जनाइन् ।

२०५४ सालमा नारायण नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा निर्वाचित भइन् । २०५५ मा एमाले निकट अखिल महिला संघ दैलेख जिल्ला सचिव भएकी उनी २०५६ मा अनेम संघको जिल्ला अध्यक्ष बनिन् । ०५६ मै उनले एमाले दैलेख जिल्ला कमिटी सदस्य बनेकी थिइन् ।

२०५७ मा एमालेको भेरी अञ्चल समन्वय समितिको दुई कार्यकाल सदस्य बनेकी रखाल २०५९ मा एमाले दैलेखको उपसचिवमा निर्वाचित भइन् । २०७८ मा एमालेको केन्द्रीय सदस्य बनेकी उनी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा पुन: केन्द्रीय सदस्यमा निर्वाचित भइन् । अहिले एमालेको केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इञ्चार्जको जिम्मेवारीमा छिन् ।

२०७४ मा एमालेबाट कर्णाली प्रदेश सभाको समानुपातिक सदस्य बनेकी उनीसँग ५ वर्ष प्रदेश सभामा काम गरेको अनुभव छ । पूर्व प्रदेश सभा सदस्य समेत रहेकी रखाललाई पार्टीले फेरी एक पटक राष्ट्रिय सभामा जिताएर पठाएको छ ।

‘मेरो हिजोको संघर्ष, त्याग र निष्ठालाई पार्टीले न्याय गरेको छ । म राष्ट्रिय सभामा प्रभावकारी भूमिका खेल्ने छु,’ उनले भनिन् । राष्ट्रिय सभामा निर्वाचित भएपछि रखालले पार्टीले दिएको जिम्मेवारीलाई पुरा गर्दै नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

कर्णालीमा कांग्रेस₋एमालेको गठबन्धन हुँदा रखालले सहज जित निकालिन् । महिलातर्फ उम्मेदवार रहेकी उनले नेकपाकी उम्मेदवार अन्जु महतरालाई पराजित गरिन् ।

आइतबार भएको मतदानमा रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तह तर्फ ९३ मत पाएकी थिइन् । पराजित भएका नेकपाका महिलातर्फ उम्मेदवार अन्जु महतराले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मत पाइन् ।

रखाललाई राष्ट्रिय सभामा गएर आफैँले लडेर ल्याएको संविधानको रक्षा गर्ने र संघीयता कार्यान्वयनको पक्षमा काम गर्ने योजना छ । महिला अधिकार र आन्दोलनका पक्षमा उभिनु त छँदै छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More