― Advertisement ―

‘यदि कसैले तपाईंको एआईको मेमोरीमा निर्देशनहरू वा नकली तथ्यहरू इन्जेक्ट गर्न सक्छ भने, तिनीहरूले तपाईंको भविष्यको अन्तरक्रियामा निरन्तर प्रभाव पाउँछन्’: माइक्रोसफ्टले चेतावनी दिन्छ कि...

माइक्रोसफ्टले नयाँ ट्याक्टिकको चेतावनी दिन्छ। आक्रमणकारीहरूले AI मेमोरीमा लुकेका निर्देशनहरू खरिद गर्ने सल्लाहलाई टाँस्छन्वास्तविक-विश्व प्रयासहरू पत्ता लगाइयो; सम्झौता गरिएका AI सिफारिसहरूमा आधारित महँगो निर्णयहरू...
HomeLatest news‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटसँगै बम्परमा इलेक्ट्रिक स्कुटर

‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटसँगै बम्परमा इलेक्ट्रिक स्कुटर



११ माघ, काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको नेपालका लागि महिन्द्राको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वर्क्स प्रालिले ‘महिन्द्रा केयरफेस्ट २०८२ : सर्भिस उत्कृष्ट, गाडी चिटिक्क’ क्याम्प सुरु गरेको छ ।

९ देखि १४ माघसम्म चल्ने केयरफेस्टमा महिन्द्राको विश्वसनीय र आधिकारिक सर्भिसिङ आकर्षक छुट तथा थप लाभसहित उपलब्ध भइरहेको छ ।

केयरफेस्ट देशभरिका ५३ भन्दा बढी शाखा, डिलर तथा वर्कसपलमा चलिरहेको छ । केयरफेस्ट उद्घाटनमा अग्नि ग्रुपका उपाध्यक्ष वेदासताशा श्रेष्ठ, रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भारत र बंगलादेशका लागि देशीय प्रमुख चैतन्य कागलकार लगायत उपस्थित थिए ।

केयरफेस्टमा दक्ष प्राविधिकले जेनुइन स्पेयर पार्ट्स र अत्याधुनिक डायग्नोस्टिक उपकरण प्रयोग गरी सर्भिसिङ प्रदान गरिने छ । केयरफेस्टमा महिन्द्रा गाडी लिएर सर्भिसिङ गर्न आउँदा, ग्राहकले नि:शुल्क ४५ प्वाइन्ट (प्वाइन्ट चेकअप, नि:शुल्क जनरल लेबर चार्ज, नि:शुल्क कम्प्युटराइज्ड डायग्नोसिस, कम्प्युटराइज्ड ह्विल अलाइनमेन्टमा ५० प्रतिशत छुट, जेनुइन एसेसरिजमा ५० प्रतिशतसम्म छुट, एसी चार्जिङमा २० प्रतिशत छुट, जेनुइन पार्ट्स र लुब्रिकेन्ट्समा १० प्रतिशत छुट लगायत सुविधा उपलब्ध रहेको अग्नि ग्रुपले जनाएको छ ।

त्यस्तै हरेक सर्भिसिङमा आकर्षक उपहार, ग्राहकलाई नि:शुल्क स्वास्थ्य जाँच, १० प्रतिशत दुर्घटना छुट कुपन, नगदरहित बीमा सेवा तथा लक्की ड्रमार्फत एक जनालाई बम्परमा ‘’बिगस सी१२ इलेक्ट्रिक स्कुटर’ प्राप्त गर्ने महिन्द्राले जनाएको छ ।





Read More