― Advertisement ―

स्पार्कक्याट मालवेयर एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूलाई लक्षित गर्न फर्कन्छ, निर्दोष एपहरूमा लुकेर तपाईंको विवरणहरू चोर्न प्रयास गर्न

Sparkerfoto Store मा iOS र PlayStore स्टोर एपहरूओसीआर र किवर्डहरू मार्फत क्रिप्टोकरेन्सी बीज वाक्यांशहरू लक्षित गर्दछनयाँ अस्पष्टता प्रविधिहरूले पत्ता लगाउन अझ गाह्रो बनाउँछSparkCat, एक...
Homeविजनेसमलेसियाको नयाँ मापदण्डबारे प्रधानमन्त्रीले गरिन् छलफल

मलेसियाको नयाँ मापदण्डबारे प्रधानमन्त्रीले गरिन् छलफल



१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले जारी गरेको १० बुँदे मापदण्डका विषयमा छलफल अघि बढाएकी छिन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले मापदण्डबारे आज श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी हुन् ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्कर लगायत सरोकारवाला निकायका उच्च अधिकारी उपस्थित थिए ।

छलफलपछि मलेसियाले पठाएको १० बुँदे मापदण्ड प्रस्तावमात्र भएको तर यो नै अन्तिम नभएको निष्कर्ष निकालिएको छ । द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी मर्यादित र सुरक्षित रोजगारी सुनिश्चित गर्ने निष्कर्ष निकालिएको हो ।

मलेसियाले नेपाल, भारत, बंगालादेश, पाकिस्तान र म्यानमारका म्यानपावर व्यवसायीहरूका लागि १० बुँदे नयाँ मापदण्ड बनाएको छ । जसमा इजाजतपत्र लिएको कम्तीमा पाँच वर्ष भएको हुनुपर्ने, विगत तीन वर्षमा ३ हजार श्रमिक पठाएको रेकर्ड हुनुपर्ने, कम्तीमा तीन देशमा श्रमिक पठाएको अनुभव हुनुपर्ने, कम्तीमा १० हजार वर्गफिट स्थायी कार्यालय रहेको र तीन वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने लगायत छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More