― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsमनोज भट्टको ‘कामरेड जलजला उपन्यासको विवेचना’ सार्वजनिक

मनोज भट्टको ‘कामरेड जलजला उपन्यासको विवेचना’ सार्वजनिक



काठमाडौं, २० मंसिर । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित समालोचनात्मक कृति ‘कामरेड जलजला उपन्यासको विवेचना’ विमोचन भएको छ ।

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित भीमकाय उपन्यास ‘कामरेड जलजला’ माथिको समीक्षात्मक कृतिका रुपमा भट्टले  ‘कामरेड जलजला उपन्यासको विवेचना’ बजारमा ल्याएका हुन् ।

उक्त कृतिको विमोचन शनिबार काठमाडौंमा आयोजित एक समारोहमा ‘कामरेड जलजला’ उपन्यासका लेखक मोहनविक्रम सिंहले नै गरे । सो अवसरमा लिखित मन्तव्य प्रस्तुत गर्दै सिंहले विवेचनात्मक पुस्तक प्रकाशन गरेकोमा भट्टलाई धन्यवाद व्यक्त गरे ।

‘कमरेड जलजला’ पुस्तकमा दार्शनिक, वैचारिक पक्षका साथै आमाको मायालाई विशेष महत्त्व दिइएको र त्यस क्रममा पूरै विश्वलाई आमामय बनाउन खोजिएको उनको भनाइ थियो ।

कार्यक्रममा भट्टको पुस्तकमाथि नेपाली कम्युनिस्ट पार्टीका नेता तथा साहित्यकार दीनानाथ शर्मा, नेकपा (एमाले)का उपमहासचिव तथा प्रगतिवादी साहित्यकार प्रदीप ज्ञवाली, भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट, नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ बाबा बस्नेतले समीक्षा गरेका थिए ।

यस्तै, प्रगतिवादी समालोचक खेम थपलिया, समालोचक हरिप्रसाद सिलवाल, विश्वभाषा क्याम्पसका प्रमुख बलभद्र भारती, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका महासचिव भीष्म जोशीले पनि पुस्तकमाथि धारणा राखेका थिए ।

कार्यक्रममा पुस्तकका लेखक भट्टले पुस्तकाकारमा आफ्नो पहिलो साहित्यिक कृतिमाथि धारणा राख्ने सबैप्रति आभार व्यक्त गरे ।

नेकपा (मसाल) का प्रवक्तासमेत रहेका रामप्रकाश पुरीको अध्यक्षता तथा प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा मीना पुनले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अधिवक्ता एकनारायण भण्डारी, सीमाविद तथा पत्रकार रतन भण्डारीलगायत लेखक, साहित्यकार र पाठकहरूको उपस्थिति रहेको थियो ।

२६० पेजको उक्त पुस्तकको मूल्य ४२५ रुपैयाँ रहेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More