― Advertisement ―

बिहीबार, अप्रिल १६ (खेल #७७४) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ समय क्षेत्र जुन तपाइँको रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest newsमध्यपूर्वमा दर्शकको मन जित्दै ‘मन बिनाको धन’ – KhabarHost

मध्यपूर्वमा दर्शकको मन जित्दै ‘मन बिनाको धन’ – KhabarHost


राष्ट्रिय

समाचार.

  • बालगायक अशोक दर्जी अभिनित फिल्म ‘मन बिनाको धन’ अहिले नेपाल र मध्यपूर्वका कतार, युएई, बहराइनमा प्रदर्शन भैरहेको छ।
  • कतारमा फिल्मले बिहिबार र शुक्रबारका दुई शो हाउसफुल भएको वितरकले बताएका छन्।
  • फिल्मले नेपाली दर्शकको मन जितेको छ र सामाजिक सञ्जालमा दर्शकले टिकट नपाएको गुनासो गरेका छन्।

काठमाडौँ । बालगायक अशोक दर्जी अभिनित कथानक फिल्म ‘मन बिनाको धन’ अहिले देशभरका हलमा प्रदर्शन भैरहेको छ । फिल्मको औपचारिक कमाइको विवरण आउन बाँकी छ ।

यो फिल्म बिहिबारदेखि मध्यपूर्वका कतार ,युएई र बहराइनमा प्रदर्शन भईरहेको छ । कतारमा फिल्मले बिहिबार र शुक्रबार पाएको दुई शोज नै हाउसफुल भएको छ ।

कतारमा नेपाली फिल्मको २ शो नै हाउसफूल क्षण दुर्लभ रहेको यसका वितरकले बताएका छन् ।

हरि मोक्तान ,कृष्ण भट्टराई र साथीभाई इन्टरटेन्मेन्टले कतार ,युएई र बहराइनमा वितरणको जिम्मा लिएका हुन् । फिल्मले युएई र बहराइनमा समेत राम्रो व्यापार गरेको उनीहरुले बताएका छन ।

नेपालमा दर्शकको मन जित्न सफल यस फिल्मले कतार, युएई र बहराइनमा पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । यो फिल्म मध्यपूर्वकै साउदी अरब र पूर्वी एसियाली मुलुक दक्षिण कोरियामा प्रदर्शन तयारीमा छ ।

हल भिजिटमा पुगेका कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ ।

राजधानीमा अशोकलाई भेट्दा दर्शक रुँदै अँगालो हालेको दृश्य देखिएको छ । दर्शकले अशोकलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । फिल्म हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ । सामाजिक संजालमा धेरै दर्शकले चलचित्रको टिकट नपाएको गुनासो समेत गरेका छन् ।

फिल्ममा दर्जीसहित, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउतको अभिनय छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा छिन् । जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सह-निर्मातामा छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More