― Advertisement ―

UAE मा ठूला सौर्य फार्महरूले गल्तिले वर्षाको आँधी सिर्जना गर्न सक्छ जसले मरुभूमिहरूले पानीको अभावलाई कसरी व्यवस्थापन गर्न सक्छ भनेर पुन: आकार दिन सक्छ।

अँध्यारो मात्रै पानीमा परिणत हुँदैन, तातो बादलमा परिणत हुँदैन बिजुली२० वर्ग किलोमिटरको सौर्य फार्मले क्लाउड सिडिङको वर्षभन्दा बढी वर्षा उत्पादन गर्छपर्सियन गल्फको आर्द्र हावाले...
HomeLatest newsमध्यपहाडी लोकमार्गको रानीकोट–किटिनी सडक एक महिनापछि सञ्चालनमा

मध्यपहाडी लोकमार्गको रानीकोट–किटिनी सडक एक महिनापछि सञ्चालनमा



८ मंसिर, रुकुमपूर्व । रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पासँग सिधा जोडिने मध्यपहाडी लोकमार्गको मुख्य भाग मानिने रानीकोट–किटिनी सडकखण्ड करिब एक महिनापछि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

सो सडकखण्ड १२ कात्तिकदेखि मर्मतका लागि बन्द गरिएको थियो ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीका अनुसार जोखिमयुक्त दुई स्थान मुसिकोट नगरपालिका –८ को किटिनी र रुकुमपूर्वको सिस्ने गाउँपालिका-६ को रानीकोटमा ढलानपछि आजदेखि सडक सञ्चालन गरिएको हो ।

किटिनीको भिरालो सडक वर्षौंदेखि जोखिमपूर्ण मानिँदै आएको छ । प्राविधिक मूल्यांकनमा थप कटिङले पहिरोको जोखिम बढ्ने प्रस्ट भएपछि सडकलाई ढलान गरेर मजबुत बनाइएको उनले बताए ।

यस्तै स्थानीयले ‘अति जोखिमयुक्त मोड’ भनेर चिन्ने रानीकोट खण्डमा पनि ढलान गरिएको छ ।

यात्रु तथा मालबाहक सवारी दुवैका लागि वर्षौँदेखि रहेको जोखिम यस मर्मतसँगै अंत्य भएको रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

अति जोखिमयुक्त स्थानमा ढलान भएपछि सडकको अवस्था स्थिर र सुरक्षित बनेको उनको भनाइ छ ।

‘अधिकांश खण्ड कालोपत्रे भइसकेको र बाँकी भाग पनि चरणबद्ध रूपमा कालोपत्रे हुँदैछ । अब यात्रुबाहक र मालबाहक सवारीसाधनका लागि यात्रा सहज हुन्छ,’ परियारले भनिन् ।

दुई जिल्लाको सर्वपक्षीय बैठकको निर्णयअनुसार खण्ड १२–३० कात्तिकसम्म बन्द गरिएको थियो ।

तर मर्मत बाँकी रहेपछि ७ मंसिरसम्मको अतिरिक्त अवधि थपिएको थियो । बन्द अवधिमा साना सवारी खलङ्गा–छिङ–धाउन्ने रुटमा चलाइएको थियो भने ठूला सवारी खलङ्गा–छिनखेत–पिपल–पोखरा हुँदै रुकुमकोट झर्दै आएका थिए ।

रानीकोट–किटिनी खण्ड रहेको मध्यपहाडी लोकमार्ग रुकुमपूर्वदेखि रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज हुँदै डोल्पासम्म जोडिने महत्वपूर्ण करिडोर हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More