― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsमधेशका मुख्यमन्त्रीको छैन कार्यकक्ष, मन्त्रीले पाएनन् काम

मधेशका मुख्यमन्त्रीको छैन कार्यकक्ष, मन्त्रीले पाएनन् काम


राष्ट्रिय

समाचार.

  • मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल नियुक्त भएको २० दिन बित्दा पनि उनको कार्यकक्ष छैन।
  • उनले मधेश भवनबाटै सरकार सञ्चालन गरिरहेका छन्।
  • मन्त्रिपरिषद् विस्तार नहुँदा प्रदेश सरकारका अधिकांश काम ठप्प छन्।

१७ कात्तिक, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनल मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएको २० दिन पुग्यो । तर अहिलेसम्म उनको कार्यकक्ष छैन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यकक्ष नभएका कारण मधेश भवनको आवासबाटै उनले सरकार सञ्चालन गरिरहेका छन् । सोनल २९ असोजमा ५ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

गत २४ भदौको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जलेर नष्ट भएको थियो । त्यसपछि कार्यालय अस्थायी रूपमा मधेश भवनको कवर्ड हलमा सारिएको छ, जहाँ प्रमुख सचिवसहितका कर्मचारीले जेनतेन काम गर्दै आएका छन् । तर कोठाको अभावका कारण मुख्यमन्त्रीका लागि छुट्टै कार्यकक्ष व्यवस्था हुन सकेको छैन ।

केही दिनपछि उनका लागि गृह, सञ्चार तथा कानुन मन्त्रालयभित्रै तात्कालिक रूपमा मुख्यमन्त्रीको कार्यकक्ष बनाउन तयारी भइरहेको छ । मन्त्रालयका सचिव उद्धव रिजालका अनुसार, हाल मुख्यमन्त्री कार्यालय पनि यही मन्त्रालयको संरचनामै अस्थायी रूपमा सञ्चालन हुनेछ ।

यति मात्र होइन, सोनल मुख्यमन्त्री नियुक्त भएसँगै उनले नियुक्त गरेका दुई मन्त्रीसमेत मन्त्रालयमा बस्न पाएका छैनन् । ३० असोजमा मुख्यमन्त्री सोनलले जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का सांसद कनिष पटेललाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । तर दुवै मन्त्रीलाई अहिलेसम्म कुनै जिम्मेवारी दिइएको छैन ।

सत्ता गठबन्धनभित्र मन्त्रालयको भागबण्डा टुंगो नलागेकै कारण मन्त्रिपरिषद् विस्तार रोकिएको छ । मुख्यमन्त्री सोनलले भने आगामी २२ कात्तिकमा विश्वासको मत लिइसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् । एक नेताका अनुसार सदन जाँचेर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्रीको रणनीति छ ।

जेनजी आन्दोलनपछि तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा र त्यसपछि सोनल नेतृत्वको नयाँ सरकार गठन भए पनि मधेश सरकारले गति लिन सकेको छैन ।

मन्त्रिपरिषद विस्तार नहुँदा प्रदेश सरकारका नियमित बाहेकका अधिकांश काम ठप्प अवस्थामा छन् ।

‘मन्त्रालयको नियमित काम मात्र भइरहेको छ । प्रदेश सरकारका योजनाहरूको काम अघि बढाउन सकिएका छैन । अन्योलको अवस्था छ,’ एक मन्त्रालयका सचिवले भने ।

जेनजी आन्दोलनपछि तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा र त्यसपछि सोनल नेतृत्वको नयाँ सरकार गठन भए पनि मधेश सरकारले गति लिन सकेको छैन ।

प्रदेश लेखा नियन्त्रक कार्यालय, जनकपुरका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा मधेश सरकारको मात्र ३.५० प्रतिशत मात्र बजेट खर्च भएको छ । साउनदेखि असोज मसान्तसम्मको अवधिमा चालु र पूँजीगत दुवैतर्फ गरेर जम्मा १ अर्ब ६४ करोड २८ लाख १८ हजार ९१४ रुपैयाँ मात्र खर्च भएको हो ।

चालु वर्षका लागि मधेश प्रदेशले ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेटमा चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार र पूँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार समावेश छ ।

सरकार भित्रको अन्योलता लम्बिने सम्भावना पनि छ । आइतबार भएको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भित्रको एकता र एकताको कारण दुई दल भित्रको असन्तुष्टिले वर्तमान सरकारलाई चुनौती थप्ने सम्भावना बढेको हो । त्यसकारण विश्वासको मत लिने मिति सर्न सक्ने एक नेताले बताए ।

५६ जनाको समर्थनमा लोसपा नेता सोनल मुख्यमन्त्री बनेका थिए । त्यसमध्ये लोसपा नेपालका सरोजसिंह कुशवाहा भ्रष्टाचार मुद्दामा निलम्बित भएका छन् ।

सरकार कायम हुनका लागि आवश्यक बहुमत ५४ हो । त्यसमा पनि जनमत विभाजन भई जनस्वराज रोजेका निर्वतमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले आधिकारिकता पाएका छैन ।

सरकारले नागरिक उन्मुक्ति र संघीय समाजवादीबाट विश्वासको मत पाउने आश्वासन पाएको छ । त्यसकारण विश्वासमा ५७ मत पाउने सरकारको आशा छ । तर एकता र असन्तुष्टिले माओवादी केन्द्र र एकीकृत समाजवादी विभाजन भएमा सरकार संकटमा पर्न सक्छ । मुख्यमन्त्रीले विश्वासको मतको लागि आन्तरिक रुपमा कांग्रेसलाई समेत मनाउने प्रयासमा लागेको स्रोतको दाबी छ ।





Read More