― Advertisement ―

बोसबाट एएनसी हेडफोनका राजाहरूले आफ्नो ब्ल्याक फ्राइडे मूल्य $ 199 मा हाले

Id-best-headphonesab> Amazon मा Bose QuietComfort हेडफोन $199 को लागि। QuietComfort हेडफोनहरू शोर-रद्दीकरणमा उत्कृष्ट छन्, तर तिनीहरू एक-ट्रिक पोनीबाट टाढा छन्। उत्कृष्ट ध्वनि गुणस्तर,...
HomeLatest newsमधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी

मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी


फाइल तस्वीर



८ मंसिर, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकेका छन् ।

संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएर गत २४ कात्तिक बिहान बर्दिबासको पानस होटलमा शपथ लिएका मुख्यमन्त्री यादवले ३ मन्त्री नियुक्त गरेका थिए ।

तीनैजना मन्त्री विना विभागीय थिए । उनीहरूलाई मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरिएको हो ।

नेकपा एमालेबाट बिना विभागीय मन्त्री नियुक्त गरेका लखन दासलाई ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय र राप्रपाबाट मन्त्री बनेकी कञ्चन विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

२ मंसिरमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई कुनै पनि नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगराउन अन्तरिम आदेश दिएको थियो । यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम हुने उल्लेख थियो ।

हेर्नुहोस् विज्ञप्ति :

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More