― Advertisement ―

‘यो अस्वीकार्य छ’ – SAG/AFTRA ले भाइरल Seedance 2.0 AI-उत्पन्न पिट-क्रूज लडाइमा प्रतिक्रिया दिन्छ

Toing Brad को एक भाइरल AI भिडियो छ पिटयो सामाजिक सञ्जालमा हात-खुट्टा चर्किएको छSAG/AFTRA आक्रोशित छSedance 2.0, स्प्लास बनाउनको लागि सबैभन्दा नयाँ जेनेरेटिभ AI...
HomeLatest newsमधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा

मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा



५ माघ, काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभाबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

‘आज विधिवत रूपमा प्रदेश सभा  सदस्यबाट राजीनामा दिएँ । साथै, साथै जनमत पार्टीका सधारण सदस्य समेत नरहने गरि पार्टीबाट पनि राजीनामा दिएको छु,’ सिंहले भने ।

प्रतिनिधिसभा निर्वाचनका लागि उनले आफ्नो छुट्टै पार्टी दर्ता गराएका छन् ।

आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका हुन् । सोही पार्टीबाटै उनी प्रतिनिधिसभा उम्मेदवार बन्न लागेका हुन् ।

उनी गत २०७९ को निर्वाचनमा क्षेत्र नम्बर २ (क) बाट जनमतबाट चुनाल लडेर जितेका थिए । उनलाई जनमतले मधेश प्रदेश सभामा अर्थ समितिका सभापति र पछि मुख्यमन्त्री समेत बनाएको थियो ।

जेनजी आन्दोलनको क्रममा जनमतका केन्द्रीय अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनी फेसबुकमा राजीनामा दिएका थिए । तर, पछि कुरा फेरेपछि जनमतले नै समर्थन फिर्ता लिएपछि विवादित बनेका थिए । त्यसबेलादेखि पार्टीभित्र उनको कुरा मिलेको थिएन ।

सिंह २०७४ देखि २०७९ सम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष थिए । ४३ वर्षीय सिंह तिलाठी कोइलाडी गाउँपालिका–४ तिलाठीका स्थायी बासिन्दा हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More