― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsमधेशका नवनियुक्त मुख्यमन्त्री यादव मधेश भवनमा, प्रहरीको भूमिकाप्रति असन्तुष्टि

मधेशका नवनियुक्त मुख्यमन्त्री यादव मधेश भवनमा, प्रहरीको भूमिकाप्रति असन्तुष्टि



२५ कात्तिक, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव आज एकाविहानै मधेश भवन प्रवेश गरेका छन् । नियुक्ति र शपथलाई लिएर हिजो सोमबार दिनभर मधेश भवनको अवस्था तनावग्रस्त बनेकाले उनी आज बिहानै मधेश भवन प्रवेश गरेका हुन् ।

प्रदर्शनको क्रममा भएको तोडफोडको निरीक्षण गर्दै उनले हिजो भएको घटना र त्यसप्रति प्रहरी प्रशासनको भूमिकाप्रति असन्तुष्टि पोखे । उनले राष्ट्रिय झण्डाको अपमान, कर्मचारीमाथि कुटपिट र सार्वजनिक सम्पतिमा क्षति हुँदा प्रहरी किन मुकदर्शक बने, किन पक्राउ गरेन भन्ने प्रश्न गरेका थिए ।

उनले दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त भएका उनले सोमबार बिहान बर्दिबासको पानस होटेलमा शपथ ग्रहण गरेपछि त्यसको विरोधमा मधेश भवन भित्र र बाहिर तोडफोड भएको थियो ।

हिजो दिनभर अवस्था तनावपूर्ण भएकाले उनी जनकपुरधामको निजी निवासमा बसेका थिए ।

निवासमा सोमबार बेलुका केही सञ्चारकर्मीसँग कुरा गर्दै नवनियुक्त मुख्यमन्त्री यादवले बाध्यात्मक परिवेशमा आफूले बाटोमै शपथ लिनुपरेको बताए ।





Read More