― Advertisement ―

माइक्रोसफ्टका सीईओ सत्य नडेलाद्वारा दिनको उद्धरण: ‘हाम्रो उद्योगले परम्परालाई सम्मान गर्दैन – यसले नवाचारलाई मात्र सम्मान गर्छ’ – एक संचार मुद्राङ्कन प्राधिकरण

प्राविधिक कम्पनीहरू, सिलिकन भ्यालीका र सेटभन्दा बाहिरका अन्यहरू जस्तै Microsoft मार्फत विभिन्न वर्ष गरिँदै आएको छ। IBM र Toshiba जस्ता धेरै पुराना टेक दिग्गजहरूले...
HomeLatest newsमतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने – KhabarHost

मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने – KhabarHost



१ पुस, काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ ।

केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो ।

महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिए ।

‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’

मतदानका लागि प्रतिनिधिहरू लाइनमा समेत बसिसकेका थिए । आज बिहान १२ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया प्राविधिक कारण देखाउँदै साँझ ८ बजेसम्मका लागि सरेको थियो ।

यद्यपि साँझ पनि मतदान हुन नसकेपछि स्थगित गरिएको छ ।





Read More