― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
Homeमनोरन्जन‘भ्वाइस’ को सातौं सिजनमा हेर्न पाइने नयाँ नियम ‘सुपर-ब्लक’ के हो ?...

‘भ्वाइस’ को सातौं सिजनमा हेर्न पाइने नयाँ नियम ‘सुपर-ब्लक’ के हो ? ‘भ्वाइस’ को सातौं सिजनमा हेर्न पाइने नयाँ नियम ‘सुपर-ब्लक’ के हो ?


News Summary

Generated by OK AI. Editorially reviewed.

  • लोकप्रिय सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजन शुक्रबारदेखि हिमालय टिभीमा प्रसारण सुरु हुँदैछ।
  • यस सिजनमा नयाँ नियम ‘सुपर-ब्लक’ लागू गरिएको छ जसले कोचलाई प्रतिस्पर्धी छनोटमा कुर्सी उल्टो घुमाउन अनुमति दिन्छ।
  • पहिलो एपिसोडमा कोच राजु लामाले कोच मेलिना राईलाई ‘सुपर-ब्लक’ गरेका छन् र उनले यो अनियन्त्रित भएको प्रष्ट पारेका छन्।

काठमाडौं । लोकप्रिय सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजन आज शुक्रबारदेखि प्रसारण सुरु हुँदैछ । हरेक नयाँ सिजन नयाँ नियम र नयाँ प्रतिस्पर्धीको कारण दर्शकमाझ प्रतीक्षित बन्ने गर्छ ।

यस सिजनमा शो निर्माताले एक नयाँ नियम लागू गर्दैछन् । त्यो हो- ‘सुपर-ब्लक’ । केही सिजनयता भ्वाइसमा हामीले ‘ब्लक’को नियम हेर्दै आएको हो । ब्लकजस्तै देखिने तर केही भिन्न ‘सुपर-ब्लक’ के हो ?

ब्लक’ नियम अन्तर्गत कुनै कोचले आफ्नो प्रतिस्पर्धी कोचलाई विशेषाधिकार प्रयोग गरी कुनै प्रतिभाशाली गायक/गायिकालाई आफ्नो टिममा लिनबाट रोक्न सक्थे । तर नयाँ सिजनमा यो नियमलाई थप परिमार्जन गर्दै ‘सुपर-ब्लक’ नाम दिइएको छ ।

‘सुपर-ब्लक’ लागू भएपछि, अब कुनै कोचले आफ्नो विशेषाधिकार प्रयोग गरेर अर्को कोचलाई कुनै प्रतिभाशाली गायक/गायिकालाई आफ्नो टिममा लिनबाट रोक्ने मात्र हैन, कुर्सी उल्टो घुमाइदिएर प्रतिस्पर्धी छनोटमा रोक लगाउन सक्ने छन् ।

पहिलो एपिसोडमै यो नयाँ नियम लागू भएको देखियो । दर्शकले सातौं सिजनको पहिलो एपिसोडमा यो दृश्य हेर्न पाउनेछन् ।

पहिलो एपिसोडमा कोच राजु लामाले कोच मेलिना राईलाई ‘सुपर-ब्लक’ गरेका छन् । तर, यो सुपर-ब्लक नियोजित नभएर झुक्किएर भएको र आफ्नो विशेषाधिकार खेर गएको प्रष्टीकरण राजुले दिएका छन् ।

बिहीबार आइएनआई सिनेमाजको जमलस्थित विश्वज्योती हलमा आयोजित प्रिमियर समारोह बाहिर पनि पत्रकारले कोच राजुलाई यही प्रश्न सोधेका थिए । जहाँ, उनले बटनको सेन्सर जडान गरिएकाले कुहिनाले छोइएर सुपर–ब्लक भएको बताएका थिए ।

यो ‘सुपर–ब्लक’ को नियम एक एपिसोडमा कुनै पनि कोचले एक पटक मात्र प्रयोग गर्न पाउने छन् । ‘द भ्वाइस अफ नेपाल’ सातौं सिजन हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार राती ८ बजेदेखि प्रसारण हुने जनाइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More