― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
Homeभोजपुरमा फूल उत्पादन घट्यो, माग उच्च – KhabarHost

भोजपुरमा फूल उत्पादन घट्यो, माग उच्च – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • भोजपुरमा यस वर्ष मौसम अनुकूल नहुँदा फूल उत्पादनमा उल्लेख्य कमी आएको छ।
  • टेम्केमैयुङकी किसान दुर्गा विष्टले तिहारका लागि लगाइएको फूल समयमा नफुलेको बताइन्।
  • स्थानीय व्यापारीहरूले उत्पादन कम हुँदा माग पुर्‍याउन समस्या भइरहेको र मूल्य बढेको उल्लेख गरेका छन्।

६ कात्तिक, भोजपुर । यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूको भनाइ छ ।

सामान्यतया असोज अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष मौसम अनुकूल नहुँदा अहिलेसम्म अधिकांश कोपिला मात्रै बनेका छन् । सोही कारण मखमली, सयपत्री, गोदावरीलगायत तिहारमा बढी प्रयोग हुने फूलको अभाव देखिएको हो ।

यो वर्ष गाउँघरमा फूल नफुल्दा समस्या रहेको भोजपुरको टेम्केमैयुङकी स्थानीय किसान दुर्गा विष्टले बताए । अहिले तिहारका लागि लगाइएको फूल मौसम अनुकूल नहुँदा समयमा फुलेन, उनले भनिन्, ‘अहिले पनि धेरै बोटमा कोपिला मात्रै छन् ।

स्थानीय व्यापारीहरूका अनुसार उत्पादन कम हुँदा माग बढ्दो रहेकाले माग पुर्‍याउन समस्या भइरहेको छ । उत्पादन घटेकाले यस वर्ष फूलको मूल्यसमेत बढेको स्थानीयको भनाइ छ ।





Read More