― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
HomeLatest newsभीम आचार्यका स्वकीय सचिव कुटिए – KhabarHost

भीम आचार्यका स्वकीय सचिव कुटिए – KhabarHost



११ मंसिर,विराटनगर । नेकपा एमाले ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा सुनसरीको धरानमा एमाले जिल्ला सदस्यमाथि कुटपिट भएको छ  ।

युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अनिल राजधामीमाथि निर्घात कुटपिट भएको हो । अनिल राजधानी एमाले नेता तथा पूर्वमन्त्री भीम आचार्यको स्वकीय हुन् ।

राजधामी एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल गुटसँग नजिक छन् । उम्मेदवारी फिर्ता गर्न नमानेपछि संस्थापन पक्षले उनलाई कुट्दै बाटोमा निकालेको एक प्रत्यक्षदर्शीले बताए ।

युवातर्फ १ जना युवा प्रतिनिधिका लागि राजधामीसहित रवि खनाल, आर्जन वाग्ले, योगेशबाबु काफ्ले र दिवस वान्तवा राईले उम्मेदवारी दर्ता गरेका छन् । बिहीबार दिउँसो सर्वसम्मत गर्ने भन्दै छलफल बोलाइएको थियो । राजधामीले चुनाव लड्ने बताए अडान लिएका थिए ।

‘निर्वाचन नगर्ने पार्टी नेतृत्वले गरेको निर्णय मन्जुर छ भनि कागजमा चार जनालाई सही गराइएको थियो, उसले नमानेपछि कुटपिट भयो,’ एमाले धरान स्रोतले भन्यो, ‘कुटपिटपछि उनलाई पार्टीले गरेको निर्णय मान्य हुन्छ भन्ने कागजमा सहीछाप गर्न लगाइएको छ ।’

अब युवा प्रतिनिधि छनोटको निर्णय पार्टीले गर्नेछ ।

एमाले धरान नगरकमिटी अध्यक्ष हर्कराज एभेङका अनुसार युवा प्रतिनिधि उम्मेद्वारबीचको विवाद मिलिसकेको छ । सामान्य विवाद भएको बताउँदै उनले मिलापत्र भइसकेको बताए ।

’युवाहरु छलफल गर्दा सामान्य बादविवाद हुनु स्वभाविक हो, खै के नमिलेर धकेला धकेल गरे,’ उनले भने,’ यो विषय अघि मिलिसक्यो, कुरा मिलाएर अंकमाल गरेर (अनिलको) अनुहारको ट्रिटमेन्ट गरेर फर्किसकेको कुरा हो ।’

राजधामी धरानको विजयपुर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।





Read More