― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsभियतनाममा बाढीका कारण कम्तीमा ४१ जनाको मृत्यु – KhabarHost

भियतनाममा बाढीका कारण कम्तीमा ४१ जनाको मृत्यु – KhabarHost



५ मंसिर, काठमाडौं । भियतनाममा लगातारको वर्षा र बाढीका कारण एक हप्तामा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।

मध्य भियतनाममा आएको वर्षा र बाढीका कारण ९ जना बेपत्ता भएका छन् । भियतनामको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले बेपत्ताहरूको खोजी कार्य जारी रहेको जनाएको छ ।

समाचारअनुसार वर्षा र बाढीबाट ५२ हजारन्दा बढी घर डुबानमा परको छन् । पाँच लाख घर र पसलहरूमा बिजुली अवरुद्ध भएको छ । बाढीबाट प्रभावित क्षेत्रबाट हजारौं नागरिकलाई स्थानान्तरण गरिएको छ ।

पछिल्लो समय भियतनाममा मौसम अत्यन्तै खराब छ । कालमेगी र बुआलोई आँधीबाट भियतनाममा ठूलो क्षति पुगेको छ ।

सरकारी अनुमानका अनुसार जनवरीदेखि अक्टोबरको बीचमा प्राकृतिक विपत्तिबाट भियतनाममा दुई अर्ब डलरको नोक्सान भएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More