― Advertisement ―

प्राइम भिडियोमा द ब्वाइज सिजन ५ एपिसोड ३ को रिलिज मिति के हो?

को अर्को राउन्डको लागि तयार छ The Boys? म अनुमान गर्छु कि तपाईं हुनुहुन्छ, अन्यथा तपाईं सिजन 5 एपिसोड 3 कहिले रिलिज हुनेछ भनेर...
Homeराष्ट्रिय समाचारभाषण गर्दागर्दै ज्यान गुमाएका श्रमिक नेता गौतमलाई शहीद घोषणा गर्न जिफन्टको माग

भाषण गर्दागर्दै ज्यान गुमाएका श्रमिक नेता गौतमलाई शहीद घोषणा गर्न जिफन्टको माग



१५ कात्तिक, काठमाडौं । नेकपा एमाले सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

जिफन्टको आयोजनामा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

जिफन्टका उपाध्यक्ष समेत रहेका गौतमको भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो ।

गौतम श्रमिकको पक्षमा निरन्तर आवाज उठाउने व्यक्ति भएको बताउँदै श्रेष्ठले महान शहीद भएको बताए ।

जेनजी आन्दोलन र वर्तमान सरकारको रवैयाका कारण हजारौं श्रमिकहरूको रोजीरोटी गुमेको जिकिर गरे ।

‘अस्ति भर्खरै जेन—जी आन्दोलनमा हामीले देख्यौँ, आन्दोलनको नाममा झण्डा बोकेर सिंहदरबार जलाउनेलाई पनि शहीद भनियो, आन्दोलनको नाममा भाटभटेनी लुटेर, लुट्दालुट्दै हाम फालेर मर्नेहरुलाई पनि, चोरलाई पनि शहीद भनियो, चोर्दाचोर्दै तल आगो लगाएर माथिबाट आउन नसकेर मर्नेहरू पनि शहीद भए । म यो सरकारलाई आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘५० औं हजार मजदुरहरूका निम्ति बोल्दा बोल्दै ज्यान गुमाएका कमरेडलाई के भन्ने ? हामी हाम्रो महासंघको तर्फबाट कमरेड कमल गौतम ती फटाहा, चोरहरूभन्दा महान शहीद बन्नुभएको छ भन्ने घोषणा गर्न चाहन्छु ।’

उनले श्रमिकहरूको अधिकारको लागि आफूहरूको आन्दोलन जारी रहेको पनि बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More