― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsभारतीय प्रधानमन्त्री मोदीद्वारा प्रशान्त तामाङको निधनमा दुःख व्यक्त

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रशान्त तामाङको निधनमा दुःख व्यक्त


राष्ट्रिय

समाचार.

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा दुःख व्यक्त गर्नुभएको छ।
  • मोदीले तामाङकी श्रीमती मार्था एलीलाई शोकपत्र पठाउँदै अपुरणीय क्षति पुगेको जनाउनुभएको छ।
  • पत्रमा मोदीले प्रशान्तको गायन र अभिनय कलाको प्रशंसा गर्दै उहाँलाई प्रेरणाको स्रोत बताउनुभएको छ।

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । तामाङकी श्रीमती मार्था एलीलाई सोमबार शोकपत्र पठाउँदै मोदीले प्रशान्तको निधनले अपुरणीय क्षति पुगेको जनाएका छन् ।

मोदीले प्रशान्तको गायन र अभिनय कलाको प्रशंसा गरेका छन् ।

पत्रमा मोदीले लेखेका छन्, ‘आफ्नो भावपूर्ण गायकी र उत्कृष्ट अभिनयले प्रशान्त तामाङजीले मनोरञ्जनको दुनियाँमा आफ्नो लागि एक विशिष्ट स्थान बनाउनुभयो । दृढ सङ्कल्प र विशाल प्रतिभाको प्रतीक उहाँले देशभरका करोडौँ मन छुनु भयो । प्रशान्त तामाङजी अनगिन्ती मानिसहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्छ ।’

प्रशान्तको जीवन यात्राले युवालाई सपनामा विश्वास गर्न र कडा परिश्रम गर्न प्रेरित गर्ने उल्लेख गर्दै मोदीले शोकपत्रमा लेखेका छन्, ‘यस कठिन घडीमा उहाँसँग बिताएका क्षणहरूको सम्झनाले परिवारलाई सान्त्वना प्रदान गर्नेछ । परिवारका सदस्यहरू र उहाँका असङ्ख्य प्रशंसकहरूलाई यो दुखद क्षति सहन सक्ने शक्ति र धैर्य प्रदान होस् ।’

मोदीको शोकपत्रलाई भारतीय जनता पार्टीका सांसद तथा बीजेपीका राष्ट्रिय प्रवक्ता राजु विष्टले फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि प्रशान्तको निधनमा दुःख व्यक्त गरेकी छन् । आइतबार हृदयघातबाट प्रशान्तको नयाँ दिल्लीमा निधन भएको थियो । उनको आज अन्त्येष्टि गरिँदैछ ।





Read More