― Advertisement ―

RTX 5090s र अन्य उच्च-सक्षम ग्राफिक्स कार्डहरूले केबल पिघ्ने समस्याहरूको जोखिम बोक्न सक्छ – तर Asus ले यो समस्या समाधान गरेको छ भन्ने लाग्छ।

Asus ले घोषणा गरेको छ RO6x21 power केबलकेबलले RTX 5090 जस्ता उच्च-शक्तियुक्त GPU सँग पग्लने समस्याहरू समाधान गर्ने लक्ष्य राख्दछयो अन्य निर्माताहरूबाट सबै PCIe...
HomeLatest newsभारतमाथिको भन्सार कर १८ प्रतिशतमा झारियो – KhabarHost

भारतमाथिको भन्सार कर १८ प्रतिशतमा झारियो – KhabarHost



२० माघ, काठमाडौं । भारत र संयुक्त राज्य अमेरिकाबीच एक ऐतिहासिक व्यापार सम्झौता भएको छ । सम्झौता अनुसार अमेरिकाले भारतीय उत्पादनहरूमा लाग्ने ‘ रेसिप्रोकल ट्यारिफ’ लाई २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्ताका क्रममा यो घोषणा गरिएको हो।

राष्ट्रपति ट्रम्पले ‘मेड इन इन्डिया’ उत्पादनहरूमा आयात शुल्क घटाएर १८ प्रतिशत कायम गर्ने घोषणा गरेका  छन्। यसको बदलामा भारतले पनि अमेरिकी उत्पादनहरूमा लाग्ने कर र अन्य अवरोधहरूलाई शून्य बनाउने दिशामा कदम चाल्नेछ।

भारतले अमेरिकाबाट ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका ५०० अर्ब डलरभन्दा बढीको सामान खरिद गर्ने प्रतिबद्धता जनाएको छ।

भारतीय विदेशमन्त्री एस. जयशंकरले यस सम्झौताले ‘मेक इन इन्डिया’ अभियानलाई थप मजबुत बनाउने र दुवै देशमा रोजगारीका अवसरहरू सिर्जना गर्ने बताएका  छन्।

भारतीय गृहमन्त्री अमित शाहले यसलाई दुई देशबीचको सम्बन्धमा ऐतिहासिक दिन भनेका छन ।

विपक्षी दल कांग्रेसका नेता जयराम रमेशले भने यस सम्झौतालाई लिएर सरकारको आलोचना गरेका  छन् । उनले वासिङ्टनको दबाबमा आएर भारतले यो सम्झौता गरेको आरोप लगाएका छन्।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More