― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsभारतको तमिलनाडुमा दुईवटा बस ठोक्किँदा ११ जनाको मृत्यु

भारतको तमिलनाडुमा दुईवटा बस ठोक्किँदा ११ जनाको मृत्यु



काठमाडौं । तमिलनाडुको शिवगंगा जिल्लामा दुईवटा सरकारी बस ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् । तीमध्ये २० जनाको अवस्था चिन्ताजनक छ ।

विपरीत दिशामा रहेका दुईवटा बस घुमाउरो बाटोमा आइतबार ठोक्किएका थिए । ती बसहरु यति तीव्र गतिमा थिए कि अगाडिको भाग क्षतविक्षत भएको थियो । धेरै यात्रुहरु बसभित्रै अड्किएका थिए ।

स्थानीय बासिन्दाहरू तत्काल घटनास्थल पुगेर उद्धार अभियान सुरु गरेका थिए । त्यसपछि प्रहरी समेत आइपछि घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको थियो ।

सो दुर्घटनामा सुरुमा ७ जनाको मृत्यु पुष्टि भएको थियो, तर उद्धार कार्य पूरा भएपछि मृतकको संख्या बढेर ११ पुगेको हो ।

तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा आफू गहिरो पीडामा भएको उल्लेख गरेका छन् । स्टालिनले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पुलिसले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुमानअनुसार दुर्घटना तीव्र गति र सडकको मोडका कारण हुनसक्ने बताइएको छ ।





Read More