― Advertisement ―

मार्गोको गट मनी ट्रबल्स समीक्षा – एप्पल टिभीको नयाँ कमेडी श्रृंखला लत र आश्चर्यजनक रूपमा हार्दिक छ।

तपाईँ TechRadar किन भरोसा गर्न सक्नुहुन्छ हामीले समीक्षा गर्ने हरेक उत्पादन वा सेवाको परीक्षण गर्न घण्टौं बिताउँछौं, ताकि तपाईं सबै भन्दा राम्रो किन्दै हुनुहुन्छ भनी...
HomeLatest news‘भाइरल’ शब्द कसरी बन्यो भाइरल ? – KhabarHost

‘भाइरल’ शब्द कसरी बन्यो भाइरल ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • भाइरल शब्दको अर्थ मूलतः चिकित्साबाट आएको हो, जसले छिटो फैलिने रोग वा संक्रमण जनाउँछ।
  • १९९० को दशकमा कम्प्युटर भाइरस र इन्टरनेटको विकाससँगै भाइरल शब्दले डिजिटल सामग्री छिटो फैलिने अर्थ पायो।
  • सामाजिक सञ्जाल र युट्युबको उदयपछि भाइरल शब्द लोकप्रिय भयो र अहिले नेपाली भाषामा समेत व्यापक प्रयोगमा छ।

जब तपाईं कसैलाई लक्षित गरेर भिडियो खिच्न सुरसार गर्नुहुन्छ तब मान्छेहरू भन्न थाल्छन्, ‘लु अब फलानो भाइरल हुने भो ।

भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि ‘भाइरल’ हुन्छ वा हुनुपर्छ भन्ने आम मनोविज्ञान छ । हुन पनि कोही कराएर, कोही नबोलेरै, कोही उफ्रिएर, कोही रोएर भाइरल भएका छन् । असल कुरा गरेर होस् वा कसैको चर्को आलोचना गरेर, मान्छेहरू भाइरल भएका छन् ।

भाइरल हुनु भनेको के हो ? यसको परिभाषा त दिइरहनु पर्दैन । किनभने तपाईं वा तपाईंको बोली सामाजिक सञ्जालमा व्यापक भइदिनु नै ‘भाइरल’ हुनु हो । भाइरल भएर के हुन्छ ? यसको उत्तर पनि दिइरहनुपर्दैन । किनभने भाइरलले नाम र बदनाम दुवै गराउँछ । त्यो भन्दा पनि गाँठी कुरा, भाइरल भएपछि अहिले डिजिटल प्लेटफर्ममा विकाउ हुन्छ । भाँती पुर्‍याएर भाइरल गराउँदा द्रव्यलाभ पनि मिल्छ ।

त्यसैले यतिबेला धेरैलाई भाइरल हुनुपरेको छ । जे गरेर हुन्छ, जसरी हुन्छ मान्छेहरू भाइरल हुने दौडमा छन् । वास्तवमा भाइरल शब्द कुनै नेपाली शब्दकोषमा भेटिंदैन ।

त्यसैले यतिबेला धेरैलाई भाइरल हुनुपरेको छ । जे गरेर हुन्छ, जसरी हुन्छ मान्छेहरू भाइरल हुने दौडमा छन् । वास्तवमा भाइरल शब्द कुनै नेपाली शब्दकोषमा भेटिंदैन ।

भाइरल भनेको के हो ? ठ्याक्कै यसको शाब्दिक अर्थ पनि धेरैलाई थाहा छैन । तर, भाइरल भन्ने कुराको मोटामोटी भावार्थ भने सबैले बुझेका छन् । चाहे त्यो दूरदराजका किसानले होस् वा शहरको व्यस्त गल्लीमा चिया बेच्ने व्यापारीले ।

मान्छेहरू यतिबेला जानेर भाइरल भएका छन्, कोही नजानेर । कोही चाहेर भाइरल भएका छन्, कोही नचाहेरै । हाम्रो समाजमा भाइरल शब्दको भाइब्रेसन यति धेरै छ कि यदि त्यस्ता कन्टेन्टबारे अपडेट भइएन भने मान्छेहरू भन्छन्, ‘हैट त्यो पनि हेरेको छैन ? अलि अपडेट हुने गर है ।’

वास्तवमा भाइरल शब्द कहाँबाट आयो ? किन आयो ? कसरी यो आयतीत शब्दले समाजलाई यति धेरै हल्लाइदियो ?

भाइरलको मूल अर्थ चिकित्साबाट सुरु

जब इन्टरनेटको जमाना थिएन, भाइरल शब्दको अर्थ थियो-भाइरसबाट फैलिने रोग वा ज्वरो ।

‘भाइरल’ अंग्रेजी ‘भाइरल’ शब्दबाट आएको हो, जसको जरा ल्याटिन भाषाको ‘भाइरस’सँग जोडिएको छ । प्राचीन ल्याटिन भाषामा ‘भाइरस’को अर्थ ‘विषाक्त तरल पदार्थ’, ‘हानि गर्ने चिप्लो पदार्थ वा सोझो अर्थमा ‘विष’ हुन्थ्यो ।

यो शब्द १४औं शताब्दीमा अंग्रेजीमा आएको थियो, तर आधुनिकमा ‘भाइरस’ को अर्थ हुनजान्छ (संक्रामक जीवाणु), जुन धेरै पछिको हो । यसले छिटो र संक्रामक रूपमा फैलिने कुरालाई जनाउँछ ।

१९औं शताब्दीको अन्त्यतिर वैज्ञानिकहरूले सूक्ष्म जीव पत्ता लगाएपछि ‘भाइरलको’ रूपमा विशेषण हुन थाल्यो ।

सन् १९४० को दशकमा चिकित्सकहरू मौसमी फ्लुलाई ‘भाइरल फिभर’ वा ‘भाइरल संक्रमण’ भन्दै भाइरसबाट फैलिने रोग वर्णन गर्थे । यो शब्दको सबैभन्दा मजेदार विशेषता थियो, एकबाट अर्कोमा छिटो–छिटो सर्ने गुण । भाइरस आफैं हिँड्दैन, तर वस्तु वा श्वास-प्रश्वासको सहारामा तीव्र गतिमा फैलिन्छ । यही ‘तीव्र फैलावट’ को मजेदार गुण नै पछि डिजिटल कन्टेन्टसँग जोडियो ।

रोचक कुरा, खेल पत्रकारितामा पनि यो ‘ज्वरो’को उपमा पुरानै समयदेखि प्रयोग हुन्थ्यो । जस्तै, विश्वकपमा ठूला म्याचहरूका उत्साहलाई फुटबल फिभर वा गोल फिभर भनिन्थ्यो ।

ज्वरो झैं छिटो फैलिने उत्साह । यो उपमाले पनि केही हदसम्म भाइरलको आधार बनायो । किनकी, समाचार वा उत्साह भाइरसजस्तै फैलिन्थ्यो ।

चिकित्सामा प्रयोग हुने भाइरल शब्द जब ‘डिजिटल’ प्लेटर्फममा सर्‍यो

१९८० को दशकमा ‘कम्प्युटर भाइरस’ आएपछि यो उपमा थप रमाइलो बन्यो । कम्प्युटरहरू नयाँ–नयाँ थिए, इन्टरनेट पनि राम्रोसँग फैलिएको थिएन । त्यतिबेला डाटा आदान-प्रदान गर्न फ्लपी डिस्क (सानो चक्का जस्तो डिस्क) प्रयोग हुन्थ्यो । यदि एउटा डिस्कमा कम्प्युटर भाइरस थियो भने अर्कोमा स्वत सर्थ्यो । यो गुण ठयाक्कै चिकित्सकले भन्ने गरेको संक्रमण हुँदा सर्ने भाइरससँग मेल खाने भएकाले ‘कम्प्यूटर भाइरस’ नाम दिइयो ।

यो बेलासम्म भाइरस भन्ने‍बित्तिकै मानिसमा एक किसिमको त्रास थियो । जसले शरीरमा प्रवेश गरे शरीर र कम्प्यूटरमा प्रवेश गरे कम्प्यूटरको प्रणाली बिगार्थ्यौं । अब कुरा बदलियो १९९० को दशकतिर ।

यो दशकमा भाइरस ‘डिजिटल’ प्लेटर्फममा बामे सर्न थाल्यो । यो जमाना इन्टरनेटको थियो । जब इन्टरनेट र इमेलको जमाना सुरु हुँदै थियो । तब, सन् १९९६ मा लन्च भयो, हटमेल ।

मार्केटिङ गर्नेहरूले एउटा नयाँ तरिका सोचे, किन महँगो विज्ञापन गरेर प्रचार गर्ने ? मान्छेहरू आफैंले प्रचार गरिदिए भने महँगो शुल्क पनि नलाग्ने, ग्राहक पनि बढ्ने सम्भावना देखे ।

तरिका सोच्दै जाँदा एउटा जुक्ति निक्लियो, त्यो हो (पुरानो फ्री इमेल सेवा) ले हरेक इमेलको अन्त्यमा लेखिदियोः ‘गेट योर फ्रीमेल एयाट हटमेल ।’ प्रयोगकर्ताले इमेल पठाउँदा यो सन्देश आफैं फैलिन्थ्यो । महँगो विज्ञापन बिना नै, हटमेलको १८ महिनामै १ करोड २० लाख प्रयोगकर्ता पुगे ।

यो देखेर मार्केटरहरू खुसी भए । उनीहरूले हाँसेर प्रतिक्रिया दिए, ‘यो त भाइरसजस्तै फैलियो ।’

यो भाइरसझैं फैलिने शैली देखेर उनीहरूले नाम राखे– भाइरल मार्केटिङ । यो भाइरल मार्केटिङको पहिलो सबैभन्दा क्लासिक र कम खर्चिलो विज्ञापनको उदाहरण बन्यो ।

विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञहरूले कुनै सन्देश, ब्रान्ड वा प्रचार सामग्री यदि मानिसहरूले आफैं एक–अर्कालाई बाँड्दै लगे भने त्यसलाई जैविक भाइरसजस्तै छिटो फैलिएको भनेर तुलना गर्न थाले ।

यही वर्षको अन्तिममा फास्ट कम्पनी म्यागेजिमा जेफ्री रिर्पोटको लेख ‘द भाइरस अफ मार्केटिङ नै प्रकाशित भयो । जसमा यो अवधारणाको चर्चा गरियो । यसको दुई वर्ष नपुग्दै भेन्चर क्यापलिस्ट ड्रेपर र स्टिभ जर्भेटसनले हटमेलको यो तरिकालाई भाइरल मार्कोटिङ भनेर औपचारिक नाम दिइयो ।

यही सन्दर्भमा अमेरिकन इगल (एइ)भाइरल मार्कोटिङ भन्ने शब्द प्रचलनमा आयो । यसको अर्थ थियो, ठूलो बजेट बिना, प्रयोगकर्ताकै सहभागिताबाट सन्देशलाई व्यापक बनाउने रणनीति ।

यसरी, इन्टरनेटमा ‘भाइरल’ शब्द मार्केटिङबाट सुरु भई सामग्रीको व्यापक फैलावट हुनुलाई अर्थ्याउन थालियो ।

इन्टरनेटको पहिलो ‘भाइरल स्टार’ : डान्सिङ बेबी

सन् १९९६ मा भाइरल मार्केटिङसँगै अर्को भाइरल कन्टेन्ट देखियो । त्यो बेला इन्टरनेटको पहिलो ठूलो कन्टेन्ट आयो– ‘डान्सिङ बेबी’ । यो ३डी एनिमेसनमा नाच्ने एउटा सानो बच्चाको भिडियो थियो । यो इमेल चेन र प्रारम्भिक इन्टरनेट फोरमहरूबाट फैलियो, सबैले हाँस्दै फर्वार्ड गरे ।

पछि टिभी शो ‘एली एमसीबील’मा पनि देखाइयो । यो अनौठो, रमाइलो र सजिलै शेयर गर्न मिल्ने भएकाले रातारात विश्वभरि फैलियो । अन्जानमै सही यो नै इन्टरनेटको पहिलो ठूलो भाइरल कन्टेन्ट (मिम) मानिन्छ ।

हटमेलको भाइरल मार्केटिङ र डान्सिङ बेबीको भाइरल कन्टेन्ट दुवै सन् १९९६ मा नै सुरु भएका हुन् । एउटा योजनाबद्ध गरिएको मार्केटिङ र अर्को अनौठो कन्टेन्टको स्वतः फैलावट । दुवैले ‘भाइरल’ को अवधारणालाई मजबुत बनाए । यो समय इन्टरनेटको प्रारम्भिक युग थियो, जहाँ इमेल नै मुख्य शेयरिङ माध्यम थियो ।

सामाजिक सञ्जाल आएपछि

युट्युब सन् २००५ फेब्रुअरीमा स्थापना भयो र मेमा बेटा संस्करण लन्च भयो । डिसेम्बर २००५ मा पूर्णरूपमा सार्वजनिक भयो । यसअघि १९९० को अन्त्यदेखि २००५ सम्म ‘भाइरल’ शब्द मुख्य रूपमा भाइरल मार्केटिङमा मात्र प्रयोग हुन्थ्यो । जस्तै:- हटमेलको इमेल सिग्नेचर र कन्टेन्ट इमेल चेन वा फोरमबाट फैलिन्थ्यो ।

भिडियो सजिलै अपलोड र शेयर गर्ने केन्द्रीय प्लेटफर्म थिएन, त्यसैले ‘भाइरल भिडियो’ भन्ने अवधारणा सीमित थियो । युट्युब आएपछि सबै कुरा बदलियो । सन् २००५ अक्टोबरतिर नाइकीको विज्ञापन भिडियो ‘रोनाल्डिनो : टच अफ गोल्ड अपलोड भयो, जसमा ब्राजिलियन फुटबलर रोनाल्डिन्होले बल जुगलिङ गर्छन् । यो युट्युबको पहिलो भिडियो बन्यो जसले १० लाख भ्यूज पार गर्‍यो । यो प्लेटफर्मको पहिलो ठूलो ‘भाइरल भिडियो’ मानिन्छ ।

सन् २००५ डिसेम्बरमा अमेरिकी टिभी शो ‘लेजी सनडे’को क्लिप युट्युबमा अपलोड भयो । यो छोटो समयमै लाखौं भ्यूजमा पुग्यो र युट्युबको ट्राफिक ८३ प्रतिशतले बढायो। यही समयदेखि ‘भाइरल भिडियो’ र गोइंग भाइरल भन्ने वाक्यांश दैनिक भाषामा प्रचलित हुन थाल्यो ।

‘भाइरल’ शब्दलाई सामाजिक संजालका कन्टेटसँग कसले जोड्यो ?

कुनै एक व्यक्तिले होइन, यो स्वाभाविक रूपमा विकास भयो । मार्केटर, मिडिया र ब्लगरहरूले युट्युबमा छिटो फैलिने भिडियोलाई ‘भाइरल भिडियो’ भन्न थाले । सन् २००६ मा युट्युबले नै ‘धेरै हेरिएको’ र ‘धेरै चर्चा भएको’ जस्ता सेक्सन राखेर यस्ता भिडियोलाई प्रोत्साहन दियो ।

यसअघि ‘भाइरल’ मार्केटिङमा मात्र सीमित थियो, तर युट्युबले यसलाई सामान्य मानिसको रमाइलो, हाँस्य वा अनौठो भिडियो पनि भाइरल कन्टेन्ट हुनसक्छ भनेर लोकप्रिय बनायो ।

केही रमाइला उदाहरण :

२०१२ मा गाङ्नम स्टाइल जो कोरियाली गायक एकथको हो । यो भिडियोले विश्वलाई नै नचायो, घोडा चढेजस्तो नाच र रमाइलो संगीतले व्यापक भ्यूज पायो । युट्युबमा १ बिलियन अर्थात १ अर्क भ्युज पार गर्ने पहिलो भिडियो बन्यो ।

२०१३ मा हर्लेम शेकको एउटा छोटो गीतमा उनी पहिला एक्लै नाच्ने, अनि सबै जना अचानक नाच्न थाल्ने । विश्वभरि लाखौंले आफ्नो भर्सन बनाए– अफिसदेखि आर्मीसम्म । यो बेला भाइरल कम तर ‘ट्रेन्डिङ’ वा ‘पपुलर’ बढी भनिन्थ्यो, २०१० पछि को दशकमा टिकटक, इन्स्टाग्राम जस्ता प्लेटफर्महरूले छोटा भिडियोहरूलाई तीव्र फैलाउने बनाए ।

२०१३ मा हर्लेम शेकको एउटा छोटो गीतमा उनी पहिला एक्लै नाच्ने, अनि सबै जना अचानक नाच्न थाल्ने । विश्वभरि लाखौंले आफ्नो भर्सन बनाए– अफिसदेखि आर्मीसम्म । यो बेला भाइरल कम तर ‘ट्रेन्डिङ’ वा ‘पपुलर’ बढी भनिन्थ्यो, २०१० पछि को दशकमा टिकटक, इन्स्टाग्राम जस्ता प्लेटफर्महरूले छोटा भिडियोहरूलाई तीव्र फैलाउने बनाए ।

कुनै भावनात्मक भिडियो, हास्य सामग्री, चकित पार्ने समाचार वा विवादास्पद अभिव्यक्ति केही घण्टा वा केही दिनमै लाखौं मानिससम्म पुग्न थाल्यो । प्रयोगकर्ताहरूले सिके यस्ता सामाग्री शेयर गर्न ।

आजकल त मिमहरू नै भाइरलको राजा छन् । छोटा, हाँसोउठ्दो तस्बिर वा भिडियो सेकेन्डमै फैलिन्छन् ।  र, अहिले बच्चादेखि वृद्धसम्मको मुखमै झुण्डिएको छ ‘भाइरल’ शब्द ।

नेपाली भाषामा पनि स्वीकार्य हुँदै

यसरी ‘भाइरल’ शब्द जो नकारात्मक जैविक अर्थबाट सुरु भई अहिले सकारात्मक सामाजिक अर्थ पायो, पहिले रोगसँग जोडिएको शब्द आज लोकप्रियता, प्रसिद्धि र प्रभावको सूचक बनिसकेको छ ।

समग्रमा हेर्दा, ‘भाइरल’ शब्दको यात्रा चिकित्सा विज्ञानबाट सुरु भई डिजिटल संस्कृतिसम्म आइपुगेको छ । यसको मूल भाव, ‘छिटो फैलिंने’ भन्ने अवधारणा-समय र सन्दर्भअनुसार रूपान्तरित हुँदै गएको हो ।

आज ‘भाइरल’ शब्द केवल शब्द मात्र होइन, यो आधुनिक सञ्चार, सूचना प्रवाह र सामाजिक व्यवहारलाई बुझ्ने एउटा महत्वपूर्ण अवधारणा बनिसकेको छ ।

रमाइलो कुरा त यो हो कि ‘भाइरल’ शब्द नेपाली शब्दकोशमा अझै दर्ता भएको पाइँदैन । भाषाविद्हरूका अनुसार यो आयातीत शब्द हो, तर बारम्बार प्रयोगले भाषालाई समृद्ध बनाउँछ । यो ल्याटिन हुँदै अङ्ग्रेजी भाषाबाट आएको शब्द हो, जसले कुनै सामग्री छिटोछिटो फैलिने अवस्थालाई जनाउँछ ।

भाइरल शब्द चर्चामा आउनु डिजिटल प्लेट फर्मको देन रहेको भाषाविद् माधव प्रसाद लुँइटेल बताउँछन् । ‘भाइरल शब्द कुनै बेला रोगमा प्रयोग हुने डरलाग्दो शब्द थियो भने आज जो चर्चामा छ, त्यसलाई भाइरल भनिन्छ’ लुइँटेल भन्छन् ।

यो शब्द बारम्बार प्रयोग भइरहँदा नेपाली शब्दकोषमा समेत राख्नुपर्ने र आयतीत शब्दलाई स्वीकार्नुपर्ने उनको भनाइ छ ।

‘भाइरलको सोझो अर्थ नेपालीमा सर्वव्यापक हुन जान्छ, ‘ लुइँटेल भन्छन्, ‘तर सर्वव्यापक भन्दा भाइरल शब्द नै सबैले बोल्ने र बुझ्ने शब्द बनेको छ । शब्दकोशमा पनि यस्ता नयाँ शब्दहरू तर बारम्बार प्रयोग भई ट्रेन्ड सेटअप नै बनेको छ भने यी शब्दलाई समावेश गर्दै भाषालाई समृद्ध बनाउनुपर्ने देखिन्छ ।’

भाइरलको कमाल : लुगादेखि व्यापारसम्म, साधारण मान्छेलाई सेलिब्रेटी

सामाजिक सञ्जालमा कुनै भिडियो वा फोटो भाइरल भयो भने त्यसले कस्तो चमत्कार गर्छ ?

लुगाफाटोदेखि हरेक सामानको व्यापारलाई सजिलो बनाइदिन्छ । नेपालमा टिकटक, इन्स्टाग्राम र फेसबुकको कारण फास्ट फेसनको लहर चलेको छ । साना ब्रान्डहरूले पनि भाइरल रिल्स र इन्फ्लुएन्सरहरूको मद्दतले राम्रो बजार पाइरहेका हुन्छन् ।

इन्फ्लुएन्सरहरूले लगाएको ड्रेस वा टिसर्ट देखेर युवाहरूले तुरुन्तै किन्न थाल्छन् । यो भाइरल मार्केटिङले ई–कमर्सलाई उकासेको छ । पहिला महँगो विज्ञापन चाहिन्थ्यो, अहिले एउटा भाइरल पोस्टले लाखौं ग्राहक पुग्छ, बिक्री बढ्छ अनि ब्रान्डको नाम फैलिन्छ ।

यो भाइरलले व्यापार मात्र होइन, साधारण मान्छेलाई पनि सेलिब्रेटी बनाउँछ । नेपालमा धेरै उदाहरण छन्– भिटेन को गीत २०१७मा ‘चुरोट’ भाइरल भएर उनी रातारात स्टार बने । आयुष गौचनको ‘माया’ गीत टिकटकमा फैलियो अनि उनी चर्चित गायक भए ।

चर्चित सेलिब्रेटीदेखि साधारण व्यक्तिहरू सम्तले घरमै बसीबसी भिडियो बनाउँछन्, भाइरल हुन्छन् । वास्तवमा, भाइरलले नेपालको फेसन र व्यापारलाई नयाँ उचाइ दिएको छ ।

भाइरल सधैँ राम्रो हुँदैन

रचनात्मक भिडियो वा उपयोगी जानकारी सर्वव्यापी बन्नु भाइरल हुनु हो । तर, वास्तवमा भाइरल हुनु सधैं राम्रो हुँदैन । किनकी, यसको सही सदुपयोग गर्दा समाजमा जागरण ल्याउन सकिन्छ, तर दुरुपयोग गर्दा मर्यादा बिग्रन्छ ।

गलत सूचना, घृणात्मक भाषण वा अफवाह जो छिटो फैलिन्छन्, यसलाई पनि भाइरल भन्न थालियो, जसले समाजमा नकारात्मक असर पार्न सक्छ । भाइरल हुने चक्करमा केही व्यक्ति उच्छृङ्खल गतिविधि गर्छन्, अश्लील शब्द प्रयोग गर्छन् वा अनावश्यक नग्नता प्रदर्शन गरी ध्यान आकर्षण गर्न खोज्छन् । यस्ता कार्यले सामाजिक सञ्जाललाई अतिरञ्जित बनाउँछ र समाजमा नराम्रो प्रभाव पार्छ ।

यो भाइरल शब्द एक उदाहरण हो, जो प्रविधिको विकासले भाषा कसरी प्रविधि र संस्कृतिसँग अनुकूलित हुन्छ भनेर देखाउँछ । भाइरसको जैविक फैलावटबाट सुरु भएको शब्दले डिजिटल युगमा सूचना र मनोरञ्जनको फैलावटलाई प्रतिबिम्बित गर्छ । आजको सामाजिक सञ्जाल युगमा ‘भाइरल’ हुनु सफलताको मापदण्ड बनेको छ, तर यसले गलत सूचनाको जोखिम पनि बढाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More