― Advertisement ―

गार्मिनको प्रिमियम चलिरहेको घडी एक आश्चर्यजनक रेकर्ड-कम मूल्यमा खस्छ

अहिले पुरानो घडी भए पनि, हामी अझै पनि Garmin epix Pro मा एक उत्कृष्ट र सबैभन्दा उन्नत निर्माताको रूपमा। जब यो सुरु भयो, यद्यपि,...
Homeभाइटीकादेखि रिलिज हुने ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ले कति शो पाए ?

भाइटीकादेखि रिलिज हुने ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ले कति शो पाए ?


News Summary

Generated by OK AI. Editorially reviewed.

  • भाइटीका अवसरमा शुक्रबारदेखि नेपाली फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ देशब्यापी प्रदर्शनमा आउनेछन्।
  • ‘सोल्टिनी’ले ६७ शोज पाएको छ भने ‘वरिष्ठ बलराम’ले १०० शोज पाएको छ।
  • बलिउड फिल्म ‘थामा’ र ‘एक दिवाने कि दिवानियत’ले नेपाली फिल्मका शोज कटौती गरेको छ र ‘बलिदान’ हलबाट हटेको छ।

काठमाडौं । भाइटीका अवसरमा शुक्रबारदेखि दुई नेपाली फिल्म रिलिज तयारीमा छन् । प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर सोसल-ड्रामा ‘सोल्टिनी’ तथा दयाहाङ राई र विजय बराल स्टारर ‘वरिष्ठ बलराम’ देशब्यापी प्रदर्शन हुनेछन् ।

स्टारकास्ट र हाइपको आधारमा हलले सोहीअनुसार यी फिल्मलाई शोज विभाजन गरेका छन् । ‘सोल्टिनी’ले विहिबारको लागि कूल ६७ शोज पाउँदा ‘वरिष्ठ बलराम’ले १०० शोज पाएको छ ।

अनमोल केसी स्टारर ‘जेरी अन टप’को विहिबारको शोज ११५ मा खुम्चिएको छ । यो फिल्मको ओपनिङ शोज संख्या २६० थियो ।

मंगलबारदेखि रिलिज भएका दुई बलिउड फिल्महरू ‘थामा’ र ‘एक दिवाने कि दिवानियत’ले प्रदर्शनरत नेपाली फिल्मको शोज कटौती गरेको देखिएको छ । विहिबारदेखि ‘बलिदान’ हलहरूबाट उत्रिएको देखिएको छ ।

‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले भने न्यून शोजसहित निरन्तरता पाएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More