― Advertisement ―

नयाँ नियामक प्रस्तावहरू पछ्याउँदै टर्कीमा प्रोटोन VPN प्रयोग स्पाइक

Turkeys प्रि-लिसिङ सिस्टम र VNP पार गर्दै हिंसात्मक सामग्रीमा नाबालिगहरूको पहुँचलाई प्रतिबन्धित गर्न मोबाइल "चाइल्ड लाइन"।सान्लिउर्फा र कहरामनमारासमा लगातार विद्यालय आक्रमणहरूपछि नियामक सुधार।प्रोटोन VPN...
Homeभाइटीका लगाउँदा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष केसीको निधन

भाइटीका लगाउँदा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष केसीको निधन



६ कार्तिक, बुटवल । भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ ।

बिहीबार मध्यान्ह भाइटिका लगाउँदै गरेका केसी अचानक बेहोस भएपछि अस्पताल पुर्‍याउँदै गर्दा उनको निधन भएको हो ।

राजमो रुपन्देहीका नेता गङ्गालाल सापकोटाका अनुसार बुटवल–१९ स्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा ५० वर्षीय केसी बेहोस भएर ढलेका थिए ।

उनलाई उपचारका लागि बुटवल हस्पिटल प्रालिमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका अस्पतालका सूचना अधिकारी विक्रम खड्काले जानकारी दिए ।

केसीको निधनप्रति मातृ पार्टी नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले  विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More