― Advertisement ―

Homeराष्ट्रिय समाचारबैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु    – KhabarHost

बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु    – KhabarHost



१३ कात्तिक, बैतडी । बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको मेलौली नगरपालिका-७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका-५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका-७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर मृत्यु भएको हो ।

बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास गर्दै जाँदा बिहीबार दिउँसो भिरमा मृत अवस्थामा फेला परेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

उनका अनुसार शिवनाथ–६ ओल्या भिरभन्दा करिब ५०० मिटर तल भीमको शव फेला परेको हो ।

इन्द्रसिंहको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बुधबारदेखि हराइरहेकी कार्कीको खोजी गर्दा भिरबाट करिब एक मिटर तल लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक बडूले जानकारी दिए । न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा उनको भिरबाट लडेर मृत्यु भएको जनाइएको छ ।

तीन वटै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More