राष्ट्रिय
समाचार.
- फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले शनिबार प्रेमी युद्ध बानियाँसँग भक्तपुरको रिसोर्टमा विवाह गरेकी छन्।
- विवाह समारोहमा परिवार, आफन्त र फिल्म वृत्तका कलाकारहरू सहभागी थिए।
- यी दुईले झण्डै ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।
काठमाडौं । फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले शनिबार प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी छन् ।
भक्तपुरको एक रिसोर्टमा शनिबार भव्य विवाह समारोह आयोजना गरिएको थियो । समारोहमा परिवार, आफन्त र फिल्म वृत्तका केही कलाकार सहभागी थिए ।
अपरान्हदेखि सुरु विवाह समारोह बेलुकासम्म चलेको थियो । विवाहमा कलाकार राजेश हमाल र पत्नी मधु, अभिनेत्री निरुता सिंह, रेखा थापा, सृष्टि श्रेष्ठ लगायत सहभागी रहे ।
पूजाले निकट संचारकर्मी र फिल्मकर्मीलाई पनि निम्तो पत्र दिएकी थिइन् । यी दुईले झण्डै ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More





