― Advertisement ―

चन्द्रमामा 5.6 मिलियन नामहरू लिन प्रयोग गरिएको एउटै माइक्रोएसडी कार्ड आर्टेमिस II मिशनको भागको रूपमा किन्नको लागि उपलब्ध छ।

केवल धेरै भाग्यशाली थोरै मानिसहरूले कहिल्यै अन्तरिक्षमा यात्रा गर्न पाउँछन्, तर 5.6 मिलियन भन्दा बढी नामहरूले भर्खरै चन्द्रमाको वरिपरि यात्रा पूरा गरे, माइक्रोएसडी कार्डमा...
HomeLatest newsबेलायतमा गैरकानुनी आप्रवासीको गिरफ्तारी ६३ प्रतिशत वृद्धि

बेलायतमा गैरकानुनी आप्रवासीको गिरफ्तारी ६३ प्रतिशत वृद्धि



१३ कात्तिक, लन्डन । बेलायतमा गैर कानुनी काम गरिरहेका आप्रवासीमाथि सरकारले धरपकड तीव्र पारेको छ ।

अध्यागमन अधिकारीहरुले आवास वा व्यवसायहरुमा छापा मारेर गिरफ्तारी बढाइरहेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।

इमिग्रेसन इन्फोर्समेन्ट टोलीले बेलायती इतिहासमै सबैभन्दा बढी छापा मार्दा अवैध काम गर्नेहरुको गिरफ्तारी संख्या ६३ प्रतिशतले बढेको गृह मन्त्रालय (होम अफिस) ले जनाएको छ ।

अक्टोबर २०२४ देखि सेप्टेम्बर २०२५ सम्म अध्यागमन अधिकारीहरुले ११ हजार छापा मारेर ८ हजार २०० बढी अवैध आप्रवासीलाई पक्राउ गरेका नयाँ तथ्याङ्कमा छ ।

तथ्याङ्क अनुसार गिरफ्तारी र छापा मार्न क्रमशः ६३ र ५१ प्रतिशत वृद्धि भएको पाइएको छ । यी अपरेरशनमा समातिएका १ हजार ५० बढी विदेशी नागरिकलाई देशबाट हटाइएको होम अफिसको वेवसाइटमा उल्लेख छ ।

गृह मन्त्रालय (होम अफिस) को तथ्याङ्क अनुसार अधिकारीहरुले यस वर्ष सेप्टेम्बरसम्म १२ महिनामा झण्डै २१ हजार ८५८ भिजिटमा आप्रवासीका भिजा स्टाटस खोजतलास गरेका छन् ।

यो संख्या अघिल्लो १२ महिनाको अवधिमा भएको १५ हजार ८९४ बाट ३८ प्रतिशतले बढी र सेप्टेम्बर २०१२ सम्मको सोही अवधिमा गरिएका १३ हजार ९९० भिजिट भन्दा ५६ प्रतिशत वृद्धि भएको छ । यसअघि सेप्टेम्बर २०१५ मा एक वर्षमा २० हजार ९८९ भिजिट भएको थियो जुन अहिलेको बाहेक उच्च थियो ।

अपरेसन स्टर्लिङ अन्तर्गत बेलायत सरकारले टेकवे, ब्यूटी सैलुन, कार वास (धुने ठाउँ) फाष्ट फुड डेलिभरीमा अवैध कामदारहरूलाई लक्षित गर्न, पक्राउ गर्न, हिरासतमा राख्न र देश निकाला गर्न ५ मिलियन पाउण्ड लगानी गरेको छ ।

सरकारले नयाँ कानूनअन्तर्गत काम गर्न पाउने अधिकार (राइट टु वर्क) भए नभएको जाँच सशक्त बनाउंदै गर्दा धरपकडको नयां तथ्यांक सार्वजनिक भएको हो ।

सरकारले राइट टु वर्क जाँच गर्न असफल हुने मालिकलाई पाँच वर्षसम्म जेल सजाय, प्रति अवैध कामदारको ६० हजार पाउण्ड जरिवाना र उनीहरूको व्यवसाय नै बन्द गराउन सक्छ ।

सरकारले फुड डेलिभरी जाइन्ट कम्पनीहरु डेलिभरो, जस्ट इट र उबर इट्स लगायत उद्योग साझेदारहरूसँग नजिकबाट काम गरिरहेको जनाएको छ, जसले आफ्ना प्लेटफर्महरूमा आइडी भेरिफिकेसन (परिचय प्रमाणीकरण) जाँच सशक्त बनाएका छन् ।

गृह मन्त्री शबाना महमुदले अवैध कामले यस देशमा अवैध रूपमा आउन खोज्ने मानिसहरूलाई प्रोत्साहन दिने बताउँदै ब्यूटी सैलुन, कार धुने ठाउँ र डेलिभरी चालकको रूपमा अवैध काम गर्नेहरूलाई पक्राउ गरि हिरासतमा लिएर देशबाट हटाइने चेतावनी दिएकी छन् । ‘बेलायतको सीमा सुरक्षित गर्न म जे पनि गर्नेछु’, उनको उद्घोष छ ।

विशेषतः अध्यागमन मुद्दा हेर्ने लन्डनस्थित सोलिसिटर राजु थापा अवैध आप्रवासीले बेलायती जनजीवन र अर्थतन्त्रमा समेत असर पारिरहेकाले सरकार कडाइ गर्न उन्मुख भएको बताउँछन् ।

विद्यार्थी र वर्क परमिट रुटमात्र नभइ आइएलआर लिन समेत कडाइ गर्ने सरकारको योजना रहेको उनले सुनाए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More