राष्ट्रिय
समाचार.
- झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ।
- झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विमान ग्राउन्डभन्दा केही बाहिर गएको र बुझ्ने क्रम जारी रहेको जानकारी दिनुभयो।
१८ पुस, काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले ग्राउन्डभन्दा केही बाहिर विमान गएको र अहिले बुझ्ने क्रम जारी रहेको जानकारी दिए ।
कोशी प्रदेशका डीआईजी बिनोद घिमिरेका अनुसार, विमान अवतरणका क्रममा रन–वेबाट केही तल चप्लिएको हो ।
काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको हो ।
अहिले यात्रु ओराल्ने प्रक्रिया जारी छ । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको प्रारम्भिक जानकारी छ ।
थप विवरण आउन बाँकी छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

