राष्ट्रिय
समाचार.
- बुद्ध एयरको काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरा ठोक्किएको छ।
- उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्।
- पोखरास्थित प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेको बुद्ध एयरले जनाएको छ।
१३ मंसिर, काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको हो ।
बुद्ध एयरले शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरा ठोक्किएको पुष्टि गरेको छ ।
उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् ।
जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।

