― Advertisement ―

ह्याकरहरूले क्लाउड र ChatGPT को प्रयोग ‘आक्रामक क्षमतामा महत्त्वपूर्ण विकास’ मा सरकारी एजेन्सीहरू उल्लङ्घन गर्न, करोडौं नागरिक रेकर्डहरू लीक गर्न

Gambits रिपोर्ट क्लासमा लोकप्रिय उपकरण प्रयोग गरियो उल्लङ्घनClaude Code + GPT‑4.1 संचालित शोषण, स्क्रिप्ट, र RCEएकल आक्रमणकारीले करोडौं नागरिक रेकर्डहरू चोर्योठूला उद्यमहरूले चाँडै नै...
HomeLatest newsबुटवलमा नवौँ जिल्लास्तरीय स्नुकरको तयारी – KhabarHost

बुटवलमा नवौँ जिल्लास्तरीय स्नुकरको तयारी – KhabarHost


राष्ट्रिय

समाचार.

  • रुपन्देहीमा पुस १४ गतेदेखि एक हप्तासम्म नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता हुँदैछ।
  • प्रतियोगितामा १२८ जना खेलाडी सहभागी हुनेछन् र विजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
  • प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

२२ मंसिर, बुटवल । नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस दोस्रो सातादेखि बुटवलमा नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता हुने भएको छ ।

बुटवलस्थित खस्यौली स्नूकर क्लबमा पुस १४ गते देखि एक हप्तासम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रतियोगितामा रुपन्देही जिल्लाका १ सय २८ जना खेलाडीहरुबिच प्रतिस्पर्धा हुने संघका अध्यक्ष सुजन पुनले बताए ।

प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा हाइएस्ट स्कोररले २० हजार,उदियमान खेलाडी र अनुसासित खेलाडीले ५/५ हजार र स्नूकर स्टीक प्राप्त गर्ने छन् ।

स्नूकरको जिल्लास्तरीय प्रतियोगिताको विजेताले पाउने यो राशी हालसम्मकै सर्वाधिक भएको अध्यक्ष पुनले बताए ।

१५ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाको मुख्य आर्थिक सहयोग हुने संघका महासचिव प्रकाश क्षेत्रीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ५ वटा उपसमिति गठन गरेर तयारी अघि बढाइएको क्षेत्रीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद विकास समिति संयोजक बोनिन पियाले रुपन्देही जिल्ला स्नुकर खेलको हबको रुपमा विकास भएको उल्लेख गर्दै हरेक वर्ष प्रतियोगिता हुंदा खेलाडीलाई प्रोत्साहन हुने बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More