२० कात्तिक, विराटनगर । मोरङमा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा गाँजा बरामद भएको छ ।
बुधबार राति लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-३ बाट स.१ च. ६५६ नम्बरको एम्बुलेन्समा गाँजा बरामद भएको हो ।
गाँजा भेटिएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा एम्बुलेन्स भित्र कालो रंगको झोलामा ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
गाँजा ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर-५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्स संगै रहेका को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका-३ का ३२ वर्षीय दिलीपकुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ ।
दिलीप गाडी स्कटिङ गर्दै अघि बढेको अवस्थामा पक्राउ परेका हुन् । दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

