― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest news‘बिग बोस १९’ को फिनाले आज, कसले जित्ला ? – KhabarHost

‘बिग बोस १९’ को फिनाले आज, कसले जित्ला ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • सलमान खानले होस्ट गर्ने भारतीय टिभी रियालिटी शो ‘बिग बोस १९’ को विजेता आज घोषणा हुँदैछ।
  • कलर्स टिभीमा राती १० बजेर ४५ मिनेटदेखि ग्रान्ड फिनाले प्रसारण हुनेछ र ओटीटीमा जियो सिनेमा र डिज्नी लाइभमा उपलब्ध हुनेछ।
  • फिनालेमा ५ फाइनलिस्ट गौरव खन्ना, अमाल मलिक, तान्या मित्तल, फरहाना भट्ट र प्रणित मोरे प्रतिस्पर्धा गरिरहेका छन्।

मुम्बई । सलमान खानले होस्ट गर्ने चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस १९’ ले आज विजेता पाउँदैछ । कलर्स टिभीमा प्रसारण हुने शो नेपाली दर्शकमाझ पनि चर्चित छ ।

आइतबार राती सलमानले विजेताको नाम घोषणा गर्नेछन् । नेपाली दर्शकले कलर्स टिभीमा राती १० बजेर ४५ मिनेटदेखि ग्रान्ड फिनाले हेर्न पाउनेछन् भने ओटीटी दर्शकले जियो सिनेमा र डिज्नी लाइभमा हेर्न पाउनेछन् ।

उपाधिका लागि ५ जना फाइनलिस्ट प्रतिस्पर्धामा छन् । गौरव खन्ना, अमाल मलिक, तान्या मित्तल, फरहाना भट्ट र प्रणित मोरे प्रतिस्पर्धी छन् ।

२४ अगस्ट, २०२५ देखि सुरु शोको यो सिजनमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए । फिनालेमा नृत्य र सांगीतिक कार्यक्रमहरू पनि आयोजना हुने जनाइएको छ ।

पुरस्कार राशिको घोषणा भएको छैन । अघिल्ला सिजनमा विजेतालाई करिब ५०/५५ लाख भारु र ट्रफी दिइने गरिएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More