― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest news‘बालेनलाई म छोरो भन्छु, उसले चाहिँ दिदी भन्छ, बिहान पनि फोन भयो’

‘बालेनलाई म छोरो भन्छु, उसले चाहिँ दिदी भन्छ, बिहान पनि फोन भयो’



१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री भएयता सुशीला कार्कीलाई काठमाडौं मेयर बालेनले दुईपल्ट भेटिसके ।

पहिलो भेटमा २३ भदौको युवा संहारका बेला प्रधानमन्त्री रहेका केपी ओली र गृहमन्त्री रमेश लेखक समात्ने एजेन्डा प्रमुख थियो ।

दोस्रो भेटमा चाहिँ उनले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति विरक्ति पोखेको प्रसंग यति बेला चर्चामा छ ।

प्रधानमन्त्रीको सचिवालयले गृहमन्त्रीको राजीनामा मेयर बालेनबाट नमागिएको दाबी गर्दै बिहीबार प्रेस वक्तव्यमार्फत् खण्डन नै गर्‍यो ।

यद्यपि बालेनसँग सल्लाह नगरी तत्कालीन महानगर सल्लाहकार रहेका अर्याल गृहमन्त्री बनेको भन्दै उनको टिम रुष्ट छ ।

सुशीला र बालेनको सम्बन्ध र सम्पर्क कुन तहसम्म विकसित छ त ? सम्पादकहरूको जिज्ञासामा शुक्रबार साँझ प्रधानमन्त्रीले भनिन्, ‘५–६ पल्ट भेट भइसकेको छ । म प्रधानमन्त्री भएपछि पनि २ पल्ट भेट भइसक्यो । आज बिहान पनि फोनमा कुरा भएको थियो । बालेनलाई म छोरो भनी बोलाउँछु । उसले चाहिँ मलाई दिदी भन्छ । उसले गृहमन्त्रीको राजीनामा मागेको छैन ।’

तर, बालेनले आफ्ना कुरा भने नसुन्ने गरेको प्रधानमन्त्रीको गुनासो छ । बालेनको प्रसंगमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘उसले हाम्रा कुरा सुन्दैन, आफ्ना कुरा मात्र भन्छ, उसको बानी फरक छ, भदौ २३ गतेको दमनकारीलाई किन पक्राउ नगरेको भन्छ, मलाई जहाँसम्म लाग्छ उ पार्टी खोल्ने खालको मान्छे होइन ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More