― Advertisement ―

Segway Navimow CEO किन यो यसको रोबोट ल्यान घाँस काट्ने मा ‘विशेषताहरूमा मात्र ढाल’ हुने छैन।

आजका रोबोट ल्यान घाँस काट्नेहरू पहिलेभन्दा धेरै सक्षम छन्। मैले CES 2026 मा धेरैजसो ब्रान्डका नयाँ मोडलहरू हेरेको थिएँ, र त्यहाँ पक्कै पनि केही...
Homeजीवनशैली/स्वास्थ्यबालुवामा बनाइने यी कला, जुन क्षणिक हुन्छन् – KhabarHost

बालुवामा बनाइने यी कला, जुन क्षणिक हुन्छन् – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • ‘स्ट्यान्ड आर्ट’ बालुवामा बनाइने कला हो, जसमा कम्प्युटर सफ्टवेयर र भर्चुअल रियालिटी गगल्सको प्रयोग गरिन्छ भने यसको विभिन्न विधि छन्।
  • नेपालमा यो कला कम प्रचलित छ, यद्यपि स्यान्ड क्यासल बनाउने चलन छ, तर यसको आयु कम र अस्थायी हुन्छ किनभने छालले नष्ट गर्छ।

४६ वर्षीय डच कलाकार गर्ट जान भ्यान डर कूइजले हालै बेलायतको समुद्री तटमा बालुवामाथि केही चित्रहरू बनाए । बालुवाले भरिएका समुद्री तटमा उनले बनाएका ती चित्र टाढाबाट मात्र राम्ररी देख्न सकिन्थ्यो । नजिकबाट हेर्दा ती पूरा देखिँदैनथे ।

ठूलो क्षेत्रफलमा बनाइने त्यस्ता चित्र (विशेष गरी समुद्री तटमा बनाइने)लाई ‘स्ट्यान्ड आर्ट’ भनिन्छ । सरल भाषामा बुझ्दा यो भनेको बालुवामा बनाइने कला हो । जुन आधुनिक कलामा नयाँ आयाम बनेर उदाइरहेको देखिन्छ ।

अझ यसलाई राम्ररी बुझाउँदा तपाईंले आफ्नो बाल्यकालमा बालुवामा पक्कै केहीको चित्र (जानी/नजानी) बनाउनु भएको हुन सक्छ । औंलाले, लाठीले । हो, त्यसकै परिष्कृत रूप हो, स्ट्यान्ड आर्ट ।

यसका लागि गर्ट जानले कम्प्युटर सफ्टवेयर र भर्चुअल रियालिटी गगल्सको प्रयोग गरेका थिए । तर, सबै कलाकारले यसरी नै यस प्रकारको कला सिर्जना गर्छन् भन्ने छैन ।

अहिले यो चित्रकलामा आधुनिकता थपिए पनि बालुवालाई माध्यम बनाएर चित्र, मूर्ति वा ढाँचा (प्याटर्न)हरू बनाउँदै आएको भने धेरै पहिलेदेखि हो । बालुवालाई कोतरेर पल्टाउँदा त्यसमा एक प्रकारको खाल्डो बन्छ । जुन टाढाबाट हेर्दा धर्का जस्तो देखिन्छ । यो कलाको आधारभुत तत्व नै त्यही हो । त्यसमा कलाकारले थप मलजल गरेर विभिन्न प्रकारका चित्रहरू बनाउने हुन् ।

यद्यपि स्ट्यान्ड आर्टको विभिन्न विधि छन् । जस्तो, समुद्री तटमा बाहेक बालुवाको प्रयोग गरेर विभिन्न कला सिर्जना गर्नु । मुलत: यस्तो काम बन्द सिसीको प्रयोग गरी कला सिर्जना गर्ने हुन्छ । जस्तो, स्यान्ड क्यासल भन्नेमा बालुवाको मूर्ति बनाउने गरिन्छ ।

रमाइलोका लागि स्ट्यान्ड आर्ट सम्बन्धी केही वेबसाइट पनि छन् । जसमा विभिन्न आकृति बनाउ सकिन्छ । त्यो सुविधा यस वेबसाइटले दिएको छ । यसमा आफूलाई बालुवा खसाउन मन लागेको स्थानमा क्लिक अथवा ट्याप गर्दा बालुवा झर्छ भने वालुवाको रङ पनि फेर्न सकिन्छ । यो विशुद्ध मनोरञ्जनका लागि हो ।

तुलनात्मक रूपमा यो कला नेपालमा कम प्रचलित भएको देखिन्छ । यद्यपि स्यान्ड क्यासल भने केहीले गरेको देखिन्छ । तर, यस प्रकारको कलाको आयु कम हुन्छ । अस्थायी हुन्छ । यसको कारण, तटमा आइरहने छाल हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More